भव्यताका साथ जेनिथ स्कुलले खेलकुद कार्यक्रम गर्ने तयारी

फागुन १० गते, कानेपोखरी । मोरङको कानेपोखरी–६, स्थीत रमाइलोमा रहेको जेनिथ इङलिस स्कुलले बार्षिक खेलकुद कार्यक्रम आइतबारबाट सुरु गर्ने भएको छ । गत बर्ष झै यस बर्षपनि विद्यालयमा खेलकुद कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको हो ।

फागुन ११ गते देखि १३ गते सम्म खेलकुद कार्यक्रम हुने छ । विद्यालयले प्रत्येक बर्ष खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । फागुन १४ गते विद्यालयको स्थापना दिवसमा विभिन्न खेलमा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कार वितरण गरिने विद्यालयका प्रिन्सिपल होमकुमार मोतेले बताए ।

सोहि दिन नर्सरी देखि कक्षा ९ सम्मका २०७५ सालको वार्षिक परिक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने पनि भएको छ ।

उक्त खेलमा विभिन्न तहमा विद्यालय विभाजन गरेका छन् । खेलमा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरुले स्पोन रेस, हिसाब दौड, सियोधागो दौड, चक्लेट दौड लगाएतका १९ वटा खेलमा सहभागिता जनाउने छन् । यसैगरी कक्षा ३ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले चेस, भलिवल, फुटसल, हाइजम लम्जंङ, हाजिरिजवाफ प्रतियोगिता ,छेलो र म्याराथोन गरी लगाएतका १९ वटा खेलमा विद्यार्थीलाई सहभागिता जनाउने भएका छन् ।

फागुन ११ गते आइतबार देखि ३ दिन सम्म चल्ने स्पोष्टस मिटमा १९ ओटा विभिन्न खेलहरुमा २४० जना छात्राछात्रले सहभागिता जनाउने विद्यायको इसिए शिक्षक संजय परियारले बताए । खेलमा प्रथम, द्धितीय र तृतीय हुनेलाई ट्रफि, मेडल र प्रमाण पत्रले सम्मान गरिने तयारी रहेको खेल संयोजक जयबहादुर राईले बताए ।

२०६६ सालमा १४५ विद्यार्थीवाट कक्षा सुरु विद्यालयले हाल कक्षा नर्सरी देखी कक्षा १० सम्म ३८० विद्यार्थीलाई अध्यापन गराउँदै आएको छ । । विद्यालयले गरिव,जेहेनदार तथा दलित विद्यार्थीहरुलाई छात्रवृत्ती दिदै आइरहेको छ।

सम्बन्धित खवर