फागुन १७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको आयोजनामा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कानेपोखरी –६,स्थीत रमाइलोको जनसेवाको खेलमैदानमा सुरु भएको खेलको प्रतियोगितालाई शनिबार मोरङ जिल्ला समन्वय समितिका संयोजक नरेश पोख्रेलले उद्घाटन गरेका थिए ।
प्रतियोगिता उद्घाटन गर्दै पोख्रेलले खेलकुदमा राज्यको लगानी धेरै भएकोले गाउँगाउँबाट खेलाडी उत्पादन गरी राष्ट्रिय सगै अन्तरराष्ट्रिय सम्म खेल खेल्न सक्ने खेलाडी जन्माउनु पर्ने बताएका थिए । कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति मोरङका सचिव देबराज कट्वालले पनि कार्यक्रमको शुभकामना मन्तव्य दिएका थिए ।
खेलकुदको कार्यक्रम दुई दिन चल्ने छ । खेलमा गाउँपालिका भित्रका नीजि र सामुदायिक गरी जम्मा १३ वटा विद्यालयले सहभागीता जनाएको छ । नीजि विद्यालयबाट माउण्ट हर्मन चिल्डेन एकेडेमी, बालजगत, पर्लएकेडेमी, आर्दश र पिनाकल ज्ञान मन्दिर गरी जम्मा ५ वटाले भाग लिएको हो । त्यसैगरी सामुदायिक तर्फ जनसेवा मावि, जनकल्याण मावि, सिंहदेवी मावि, श्रीमावि, शिक्षा विकास मावि, शिक्षा सदन मावि, बाल मावि, श्रीमावि होक्लाबारी गरी जम्मा ८वटाले भाग दिएका छन् ।
छात्रा÷छात्र तर्फ भलिवल, छात्रा÷छात्र कबड्डी, एथ्लेटिक्स तर्फ १ सय देखि १५ सय, ३ हजार मिटर, सम्म दौड प्रतियोगिता छात्र र १ सय मिटर देखि १५ सय मिटर, ३ हजार मिटर, सम्म रिले छात्रा तर्फले भाग लिएका छन् । त्यसैगरी उफ्रने र फ्याँक्ने तर्फ छात्र हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, ८ सय ग्राम र सटपुट १२ राउण्ड, त्यसैगरी छात्रा तर्फ हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो ६सय ग्राम र सटपुट ८ राउण्ड रहेको छ ।
कानेपोखरी गाउँपालिकाको अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा जनसेवा माविका प्रधानाध्यापक दामोदर सिग्देलको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा ५ नं. वडाध्यक्ष चरण गुरुङ, ६ नं. वडाध्यक्ष खड्ग बस्नेत र दान बहादुर बस्नेत पनि सहभागीता रहेका थिए ।