बैशाख १८ गते, कानेपोखरी । आइटिएफ टेक्वान्डो डोजाङ कानेपोखरीले नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटिमा निर्वाचि पदाधिकारी र सदस्यलाई सम्मान गरेको छ ।
रमाइलोमा एक कार्यक्रमको आयोजना गरी कानेपोखरीबाट नेपाल खेलकुद महासंघको केन्द्रिय सचिवलाय सदस्यमा चरण गरुङ, केन्द्रिय सदस्य कुमार फुयल र शिव राईलाई सम्मान गरेको हो । सोही कार्यक्रममा नेपाल खेलकुद महासंघको केन्द्रिय सचिवलाय सदस्य प्रविण कार्कीलाई पनि सम्मान गरेको थियो ।
सम्मानित व्यक्तिहरुलाई नेकपा एमालेका जिल्ला सदस्य भोला अधिकारी, राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य नविन पौडेल मन्तव्य राख्दै शुभकाना तथा बधाई दिएका थिए । कार्यक्रममा नेकपा एमाले कानेपोखरी गाउँपार्टी अध्यक्ष दानबहादुर बस्नेत, समाजसेवी हेमसागर खतिवडा र नविन तामाङ लगाएत उपस्थित रहेका थिए ।
आइटिएफ टेक्वान्डो डोजाङ कानेपोखरीले विद्यालयको विद्यार्थीहरुलाई जनसेवाको खेल मैदानमा टेक्वान्डो डोजाङ खेलको तालिम सुरु गर्ने भएका छन् । आइटिएफ टेक्वान्डो डोजाङ कानेपोखरीको संरक्षक युवराज भुजेलको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रममा संचालन एविन पाठकको रहेको थियो ।