वडा अध्यक्ष कप : फाइनल खेलमा आयोजक र वडा नंं. ५ भिड्ने

असोज २६ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालि ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको आज हुने फाइनल खेलमा आयोजक र वडा नंं. ५ भिड्ने भएको छ ।

सोमबार भएको सेमीफाइनल खेलमा वडा नं. ७ लाई १–२ गोलको अन्तरले वडा नं. ५ विजय भएपछि आयोजकसँग फाइनले खेल खेल्ने पक्का भएको हो । खेलको म्यान अफ द म्याच डेनी राई घोषित भएका थिए । । म्यान अफ द म्याचको पुरस्कार सुनिल पराजुलीले प्रायोजन गरेका थिए ।

आयोजक रमाइलो युवा परिवारले आइतबार भएको सेमीफाइनल खेलमा वडा नं. ३ लाई शुन्यको विरुद्ध १ गोल गर्दै फाइनलमा पुगेको थियो । खेलमा १ देखी ७ सम्मको वडा र आयोजक गरी जम्मा ८ टिम सहभागी भएका थिए ।

खेलमा पहिलो हुनेले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । भोली सोमबारको खेल वडा नं. ७ र ५ बिच खेल हुने खेल संयोजक असोक फुयलले बताए ।र्

सम्बन्धित खवर