राष्ट्रिय युवा संघको ६ नं. युवा संघ गठन, अध्यक्षमा थापा

माघ २४ गते, पथरी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पथरीशनिश्चरे ६ नम्बर वडा कमिटि गठन भएको छ ।

आइतबार भएको युवाहरुको भेलाले आकास थापाको अध्यक्षमा ४५ सदस्य वडा कमिटि गठन गरेको हो । भेलाले उपाध्यक्षमा अशोक मण्डल, सचिवमा बिष्णु कविरथ र त्यसैगरी उपसचिवमा वर्षा श्रेष्ठ र राजन श्रेष्ठ सर्वसम्त चयन भएको छ । कमिटिका पदाधिकारी र सदस्यहरुलाई कार्यक्रमका बिशिष्ट अतिथी युवा संघ केन्द्रिय सदस्य तथा मोरङ इन्चार्ज नवीन पौडेलले गोपनियताको सपथ खुवाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी एमाले केन्द्रिय सदस्य युवराज बास्कोटा रहेका थिए । किसन चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य हेमेश्वर राई, नगर उपसचिव एल बि भण्डारी, वडा नम्बर ८ का पार्टी अध्यक्ष तथा युवा संघ नेता नवीन कार्की, ५ नम्बर पार्टी अध्यक्ष बिनय तिमिल्सिना, ६ नम्बर पार्टी अध्यक्ष पदम धिमाल लगाएत नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

 

सम्बन्धित खवर