पथरीशनिश्चरे –८ मा क्युपेक नेपाल र किसान महासंघको कमिटि गठन

फागनु ३ गते, पथरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को जनबर्गिय संगठन ट्रेड युनियन महासंघ(जिफण्ट) अन्तगरगत क्युपेक नेपाल र किसान महासंघको कमिटि गठन भएको छ ।

पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा क्युपेक नेपाल र किसान महासंघको कमिटि गठन भएको हो । क्युपेक नेपालको अध्यक्ष बलबहादुर राई, उपाध्यक्षमा चन्द्रबहादुर लुइटेल, सचिबमा देबप्रकाश राई, उप–सचिवमा रबिन श्रेष्ठ र राजु गुप्ता लगाएत २१ सदस्यीय कमिटी र किसान महासंघको अध्यक्षमा ध्रुब कटुवाल, उपाध्यक्षमा लोकमाया सुब्बा, सचिबमा निर्मला नेपाली, उप–सचिबमा भोजकुमार राई र राजन कार्की लगाएत १९ सदस्यीय वडा कमिटी गठन भएको छ ।

मंगलबार नेकपा एमालेका अध्यक्ष नवीन कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै एमाले पथरीशनिश्चरे अध्यक्ष तथा प्रमुख अतिथि रमेशकुमार दाहालले जनबर्गिय संगठनहरु पार्टीलाई बलियो बनाउने र पार्टीलाई जनस्तरमा लैजाने सबैभन्दा शक्तिशाली हतियार भएको बताए । उनले नगरमा सबैभन्दा सक्रियताका साथ वडा नम्बर ८ कमिटी पार्टी शुद्धिकरण र सुदृढीकरण अभियानमा लागेकोमा खुसी ब्यक्त गर्दै धन्यवाद दिएका थिए ।

क्षेत्रिय कमिटी सदस्य प्रकाश बहादुर कार्कीले वडा कमिटीको सक्रियता र संगठन बिस्तार गरेर जनतालाई पार्टीको झण्डामुनी गोलबद गराएको भन्दै अबका कार्यक्रम निर्वाचन केन्द्रित हुनुपर्ने बताए । अध्यक्ष नवीन कार्कीले नेकपा एमाले श्रमजीवी मजदुर र किसानहरूको प्रतिनिधित्व गर्ने पार्टी भएको र आगामी निर्वाचनमा जनताले आफ्नो दुख सुखको साथी एमाले लाई वडामा बिजयी बनाउनेमा आफुहरु ढुक्क रहेको बताए ।

उनले पुरानो शनिश्चरे ४ को भुभागमा बेसार खेती र साबिक ५ को क्षेत्रमा धान खेतिको लाई सुबिधा थपगरेर किसानहरूलाई आत्मनिर्भर बनाउने र मेसन प्लम्बिङ जस्ता तालिमहरु संचालन गरेर मजदुरहरुको क्षमता वृद्धि गर्ने जस्ता कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

नेकपा एमाले वडा कमिटी सचिब पुष्प पौडेलले संचालन गरेको कार्यक्रममा एमाले नेता तथा ७ नम्बर वडाध्यक्ष कपिलमणी ढकाल, नगरकमिटी सचिवालय सदस्य बाबुराम चौधरी, गिता बि.क.नगर कमिटी सदस्य निलकण्ठ सुबेदी, कुलबहादुर बिष्ट, राधा नेपाल लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर