आदीवासी जनजाति महासंघ पथरीशनिश्चरेको अध्यक्षमा देबेन्द्र वनेम

असार ४ गते, पथरी । नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद पथरीशनिश्चरेको दोस्रो अधिवेशनबाट देबेन्द्र बनेम लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसहमत चयन भएका छन् ।

समितिको उपाध्यक्षहरुमा राजेन्द्र गुरुङ, गंगाबहादुर धिमाल, गीता याक्खा, सचिवमा निता राई, सहसचिवहरुमा कला आले, तेन्जी शेर्पा, मिना भुजेल चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा अनु राई, उमेश चौधरी, कर्मबहादुर तामाङ, भिमकुमार माझी सर्बसहमत चयन भएका हुन् ।

त्यसैगरी कोषाध्यक्षमा मनोनयन दर्ता नभएको कारण नयाँ समितिले चयन गर्ने समितिको नव निर्वाचित अध्यक्ष देवेन्द्र बनेम लिम्बूले बताए । नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक अर्जुन जम्नेली राईले सपथ खुवाएका थिए ।

सम्बन्धित खवर