असोज १८ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकाले कानेपोखरी अस्पतालमै रेविज भ्याक्सिन सुरु गरेको छ । रेविज रोगको महाबारीबाट बच्न बचाउनको लागि गाउँपालिकाले एन्टी रेविज रोग विरुद्दको भ्याक्सिन असोज १६ गतेबाट सुरु गरेको हो ।
गाउँपालिकाले असोज १२ गते रेविज रोग विरुद्दको भ्याक्सिन सुरु भएको सूचना जारी गरेको थियो । कानेपोखरी अस्पतालले असोज १६ गते एकै दिन ३ जनालाई भ्याक्सिन लगाउँदै सुरु गरेको थियो । अहिले दुईजना एमविविएस डाक्टरहरुले सेवा दिरहेको स्वास्थ्य शाखा प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले बताए ।
जनावरको टोकाइबाट हुने एन्टी रेविज रोग विरुद्दको भ्याक्सिन पाउन थाले पछि यस क्षेत्रका बासिन्दाहरुलाई सहज भएको छ । यो भ्याक्सिन अस्पतालमा नहुँदा कानेपोखरी बाहिर मंगलबारे अस्पताल, विराटनगर जानुपर्ने बाध्यता थियो । तर अस्पताल स्थापना काल देखी पहिलो पटक अहिले रेविजको भ्याक्सिन गाउँघरकै अस्पतालमा पाउन थालेपछि त्यहाँको जनता खुशी छन् ।