छात्रछात्रालाई जुत्ता, टोपी र स्वेटर वितरण

पुस २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे ८ नम्बर वडाकार्यालयले वडाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई न्यानो कपडा र जुत्ता वितरण गरेको छ ।

मंगलबार मिलन आधारभूत विद्यालयमा अध्ययनरत ५५ जना छात्रछात्रालाई जुत्ता, टोपी र न्यानो स्वेटर वितरण गरेको हो । वडा अध्यक्ष नविन कार्की, वडा सदस्यहरु बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा, शान्ता योङहाङ लिम्बु र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा वितरण गरिएको थियो ।

लक्षित समूह अन्तर्गत बालबालिका शीर्षकमा ९० हजार वडाको रकमबाट विद्यार्थीहरुलाई न्यायो कपडा (स्वेटर) वितरण गरिएको नविन कार्कीले बताए । यस अघि बुद्ध माबि र दुर्गा आधारभूत बिद्यालयमा वितरण गरिसकेको छ ।

 

सम्बन्धित खवर