बिहिबार, पुस २४, २०८२

पिएसजीलाई हराउँदै वायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

भदौ ८ गते, काठमाडौं । जर्मन क्लब वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। उपाधि भिडन्तमा वायर्नले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १(० गोलले पराजित गर्दै उपाधि जितेको हो।

वायर्नको जितमा किङ्गस्ले कोम्यानले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५९ मिनेटमा हेडमार्फत गोल गरेका थिए । जोसुआ किमिचले उपलब्ध गराएको पासमा कोम्यानले गोल गरेका थिए ।

यससँगै वायर्नले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको हो। यता पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको पिएसजीले पहिलो उपाधि जित्ने मौका गुमायो ।

खेलमा पिएसजीका केलियन एमबाप्पे, मार्किन्होस र नेइमारको प्रहारलाई वार्यनका गोलकिपर म्यानुयल नेउरले विफल पारेका थिए। यस्तै पहिलो हाफमा वार्यनका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
कोरोना भाइरसका कारण पोर्चुगलको लिस्बनमा क्वार्टरफाइनल देखिका सबै खेल भएका थिए। यस्तै खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको थियो ।उपाधि जितेसँगै वायर्नले लिभरपुलको कीर्तिमानसँग बराबरी गरेको छ। छ पटक उपाधि जितेर बढी उपाधि जित्ने टिमको तेस्रो स्थानमा रहेको लिभरपुलसँग वायर्नले बराबरी गरेको हो । रियल म्याड्रिडले सर्वाधिक १३ पटक जितेको छ भने एसी मिलान ७ पटक जितेर दोस्रो स्थानमा छ ।
वायर्नले यस सिजनको उपाधि जित्ने क्रममा लगातार ११ खेल जित्यो। जसमा वायर्नले ४३ गोल ग¥यो। वायर्न च्याम्पियन्स लिगको सबै खेले जितेर उपाधि जित्ने पहिलो टिम बन्यो ।

वायर्नले क्वार्टरफाइनलमा स्पेनिस महारथी बार्सिलोनाविरुद्ध हात पारेको ८(२ को जित चर्चित रह्यो। समूह चरणको दुई लेगमा वार्यनले इंग्लिस क्लब टोटनह्यामविरुद्ध १० गोल र अन्तिम १६ को दुई लेगमा अर्को इंग्लिस क्लब चेल्सीविरुद्ध ७ गोल गरेको थियो । सेतोपाटीबाट

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.