‘म पार्टी सभापति भएकै कारण गत निर्वाचनमा नेपाली कांग्रेसले नसोचेको मत ल्यायो’

गणेश कुमार खड्का
नेपाली कांग्रेस मोरङ—३ नम्बर क्षेत्रीय सभापति

नेपाली कांग्रेस १४ औं महाधिवेशन तयारीमा छ । तपाई के गर्दै हुनुहुन्छ ?
हामी पार्टीको सर्कुलर अनुसार क्रियाशील सदस्य नवीकरणमा लगायतका काममा लागिरहेका छौ । हाम्रो क्षेत्रमा तीन नगर र एउटा गाउँपालिका गरि २६ वटा वडा रहेको छ । नवीनकरण वडाबाट आइरहेको छ । हामी पार्टीले दिएको जिम्मेवारी पुरा गर्न लागिरहेका छौ ।

यो क्षेत्रमा क्रियाशील सदस्य कति छन् ? नयाँ कति वितरणको तयारी छ ?
यो क्षेत्रमा पहिला २१ सय थियो । केही बसाई सराइ, कोही देहान्त हुनुभयो । नयाँ तथ्याङक आइसकेको छैन । कस्ता सदस्यलाई क्रियाशील दिने भन्ने बिषयमा विधान प्रष्ट छ । साधारण सदस्य लिएर संगठनमा काम गरेको हुनुपर्ने, जिम्मेवारी बहन गर्नुपर्ने, निर्वाचनमा सहयोग गरेको हुनुपर्ने व्यवस्था छ । क्रियाशील सदस्यहरुको सहभागिता रहेको वडा कार्यसमितिको बैठकले शिफारिस गरेर नाम पठाउनु पर्ने हुन्छ ।

अर्को पार्टीबाट आएका सदस्यहरुलाई त्यो पार्टीमा रहदाको हैसियतलाई पनि हेर्ने भन्ने छ । यद्यपि वडा कार्यसमितिले शिफारिस गर्नुपर्ने हुन्छ । पार्टीको विधान अनुसार योग्यता पुगेका साथिहरुलाई क्रियशील सदस्य उपलब्ध हुन्छ । सुरुमा कायम रहेको ५० प्रतिशन बढीलाई दिने भन्ने थियो । अहिले सेन्ट प्रतिशत दिने भन्ने छ ।

तपाई क्षेत्रीय सभापति फेरि उठनु हुन्छ ?
म हिजो २ नम्बरको सभापति थिएँ । अहिले २, ३ र ८ नम्बर क्षेत्र मिलेर एउटा ३ नम्बर क्षेत्र बनेको छ । मैले नेतृत्व गर्दा यो क्षेत्रमा मत बढि खस्यो । क मा सुयोर्माराज राईले प्रत्यक्ष निर्वाचन विजय हुनुभयो भने प्रदेश ख का उमेदवार ललितबहादुर श्रेष्ठ थोरै मतले पारजित हुनुभयो । संघमा डा सुनिल शर्माले ४० हजार ५ सय ६ मत ल्याएर थोरै भोट ल्याएर पराजित हुनुभयो । हाम्रो क्रियाशीलताले क्षेत्रमा जनताले राम्रो मत दिनु भएको मूल्याङकन छ ।

हामीले राम्र मत ल्याउनुको साथै र संगठन सुधार गर्न सफल भयौं । त्यही भएर पार्टीका साथिहरुले एक पटक उठनु पर्छ भन्दै हुनुहुन्छ । त्यही भएर पार्टीलाई अझ सुधार गर्न मलाई पनि उठनु पर्छ भन्ने लागेको छ । पार्टी सुधारको लागि एक पटक मौका दिनुहुन्छ भन्नेमा लागेको छ ।

मिति नजिकिँदै गर्दा महाधिवेशन प्रतिनिधि वडाबाटै जानुपर्ने प्रस्ताव आइरहेको छ । तपाईको मत के छ ?
पार्टीको विधानमा प्रदेश, संघको सांसदको उमेद्वारहरु, निर्वाचन सांसद केन्द्रीय सदस्यहरु, केन्द्रीय सदस्यहरु जिल्ला र क्षेत्रीय सभापतिहरु महाधिवेसनमा स्वतह प्रतिनिधि बन्ने व्यवस्था छ । पार्टीको केन्द्रीय समिति र महासमितिको निर्णय अनुसार र विधान अनुसार नै जानु पर्दछ भन्ने लाग्छ ।

जिल्ला सभापतिहरुले सबै नेताहरु वडाबाटै निर्वाचित हुदै आउनु पर्छ भन्ने मुद्धा उठाइरहेका छन नि ?
हाललाई विधान अनुसार नै जाँदा राम्रो । पार्टीले नयाँ निर्णय गरेमा लडेरै भएपनि जानुपर्छ । त्यसमा कुनै समस्या छैन ।

केन्द्रीय सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला र शेखर कोइरालाको आकाक्षा देखिएका छन । सबै उठे कस्ले बाजी मार्ला ?
हालसम्म उमेद्वार नै को को भन्ने टुङगो भएको छैन । कोरोनाको कारण विश्व संक्रमणमा छ । केन्द्रको निर्देशन अनुसार हामीले पनि काम गर्न सकिरहेको छैनौ । अहिले नै कस्ले जित्नुहुन्छ भनेर अड्कलबाजी गर्न सकिन्दैन ।

देउवाले जित्नुहुन्छ ?
उमेद्वार बन्ने टुगो लागेको छैन । शेरबहादुर देउवा दाई वर्तमान सभापति हुनुहुन्छ । उमेदवार नै टुंगो नलागेकोले अहिले यसै भन्न सकिन्न ।

तपाई पथरीशनिश्चरे नगरपालिकाको मेयर पदमा उठेका निकटतम प्रतिद्वन्द्वी नगर कसरी चलिरहेको छ ?
निर्वाचनमा पार्टीले उमेद्वारी बनाएपछि मलाई जनताले दोस्रो मत दिए । नगरले अहिले जे काम गर्दैछन । हामी अनविज्ञ छौ । हामीलाई औपचारिक रुपमा केही जानकारी दिइन्दैन । गम्भीर बिषयहरुमा हिजोका उमेद्वारहरुलाई जानकारी गराउदा राम्रो हुन्थ्यो । नगरपालिकाबाट हामीसँग समन्वय छैन । कहिले काँही हाम्रो पार्टीलाई बोलाउदा प्रतिनिधि जानुहुन्छ र हामीलाई पार्टीमा जानकारी गराउनुहुन्छ । यस्तै मात्र चलिरहेको छ ।

यहाँको स्थानीय सरकारलाई गतिशिल गर्न रचनात्मक प्रतिपक्षी भएन भन्छन नि । किन ?
हेर्नुस सबैकुरा राजनीतिक रहेछ । स्थानीय सरकारमा हाम्रा जनप्रतिधि कम छन् । नेकपाको पूर्ण बहुमत छ । माथि केन्द्र, प्रदेशमा प्रतिपक्ष हुन्छ । स्थानीय तहको बेन्चमा प्रतिपक्ष हुँदैन । सदनमा बेन्च नभएपछि बाहिरबाट सहयोग गर्ने हो ।

हामीले हरेक कुराको सुझाव सल्लाह, समस्यहरु मेयर साथै कार्यपालिका सदस्यहरुलाई भेटेर, फोन र ज्ञापनपत्र मार्फत घच्घच्याइरहेका छौ । पथरीको समस्यहरु के के हुन ? सुझाव दिएका छौ । प्रतिपक्ष भनेर नगरपालिकामा ताला लागउने, तोडफोड, टायर बाल्ने, बजार बन्द गर्ने काम चाँही भएको छैन । अन्य सुझाव दिएका छौ ।अन्तमा केही छ ?
नेपाली कांगेस १४ औं महाधिवेशनको संघारमा छौ । हामी पार्टीको काममा छौ । पार्टीको विधान अनुसार रहेर क्रियाशील नवीकरण, नयाँ शिफारिस लगायतको जिम्मेवारी निर्वाह गरिरहेका छौ । क्रियाशील साथिहरुलाई पनि गाउँगाउँमा पार्टीलाई स्थापित गर्न जनताको काममा लाग्न र संगठनलाई गतिशिल बनाउन लाग्न आग्रह गर्दछु ।

म नगरपालिकामा मेयरको उमेद्वार ‘उपविजेता’ भएकोले नगरको भवन कहाँ रहने, अव्यवस्थित दोहोरो स्वामित्वको सुकुम्बासीको समस्य कसरी समाधान गर्ने, कर बढिरहेको जनतामा गुनासो छ । छिटोछरितो सेवा नपाएकोमा जनता खुसी छैनन् । बिकास निर्माणमा पारदर्शीता, गरिविी, बेरोजगारी, स्वास्थ्य समस्या समाधान बसपार्क, शौचालय, बालउद्यम, बृद्ध आश्राम व्यवस्थित गर्न मेयर साव र कार्यपालिकालाई यो मिडिया मार्फत पनि आग्रह गर्दछु ।

सम्बन्धित खवर