ओरेक नेपाल द्वारा युवा समुहलाई अभिमुखिकरण तालिम

असोज १० गते, हकरपुर । मोरङको कानेपोखरी गाउपालिका –३ मा ओरेक नेपालद्वारा युवा समुहलाई अभिमुखिकरण तालिम दिएको छ ।

शनिबार आयोजना गरिएको कार्यक्रममा स्थानिय योजना तर्जुमा प्रक्रियाका बारेमा युवा समूहलाई तालिम दिएको हो । तालिममा कानेपोखरी ३ मा रहेका सवालमा महिला, युवा र बालबालिका शिर्षकमा १० वटा योजना छनौट गरिएको छ ।
योजनामा महिलालाई व्यबसायिक बन्न सिप कानुनी परामर्श र महिला हिंसा न्यूनीकरणमा योजना छनौट गरिएका छन । यस्तै युवा लक्षित योजनामा कम्प्युटर तालिम , बेमौसमी तरकारी खेती, सेनेटरि प्याड, मास्क सम्बन्धि तालिम राखिएको छ ।

बालबालिकामा ईन्टरनेटमा बाल सुरक्षा, वक्तित्वकला बादबिवाद कार्यक्रम, बालबिवाह विरुद्ध सडक नाटक, स्कुल स्कुलमा सचेतना अभियान आदि योजना बनाइएको छ । यस्तै उक्त युवा समुहको नाम प्रगतिशील युवा समूह नामाकरण गरिएको छ ।

तालिमको प्रशिक्षण ओरेक कानेपोखरी कार्यक्रम सम्योजक खेम कुमारी दाहालले गरेकी थिइन भने कार्यक्रमको अध्यक्षता प्रगतिशील युवा समूह कि अध्यक्ष राज कुमारी तामाङले गरेकी थिइन ।

सम्बन्धित खवर