वडा नं. ४ मा सुकुम्बासीहरुको जग्गाको यन्त्रीक विन्दु स्थापना गर्ने काम सुरु

साउन ३० गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ४ को हात्तिडुब्बाबाट नाप नक्शाको लागि डिजिपीएस मेसिनद्धारा सुकुम्बासीहरुको जग्गाको यन्त्रीक विन्दु स्थापना गर्ने काम सुरु गरेको छ ।

सोमबार कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, मोरङ जिल्ला अध्यक्ष सुशिला घिमिरे(सामना) लगाएतले डिजिपीएस मेसिनको स्वीच बटम थिचेर उद्घाटन गरेको हो ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको पहलमा डिजिपीएस मेसिन सहित नापी विभाग काठ्माडौका प्राविधिक टोली कानेपोखरी गाउँपालिकामा काम गर्न आएका छन् । प्राविधिक टोलीले लगभग १० दिन बसेर सवै वडामा जग्गाको यन्त्रीक विन्दु नापी फिर्ता पठाउने गाउँपालिकाले जनाए ।

सुकुम्बासीहरुको समस्या सवै भन्दा बढी वडा नंं ६, ४ र ७ मा रहेको गाउँपालिका अध्यक्ष इङ्नामले बताइन् । वडा नं. ६ मा धेरै पहिला देखीको समस्या रहेको भएको ठाउँमा कित्ता काट सम्म गरिसकेको बताइन् । वडा नं. ६ मा ४० वटा यन्त्रिक विन्दु राखि काम गरिएको ६ नम्बरका वडा अध्यक्ष खड्ग बस्नेतले बताए ।

भूमिहिन दलित १९, भूमिहिन सुकुम्बासी ४३ जना र अव्यवस्थित सुकुम्बासी १०२ जना गरी जम्म १६४ जनाको कित्ता काट नै गरिकेको र सार्वजनिक सूचना निकाली सकेको र केही निकाल्न बाँकी रहेको वडाध्यक्ष बस्नेतले बताए । वडा नम्बर ६ मा भूमि आयोगका जिल्ला अध्यक्ष डिपि राई हुदा सुकुम्बासीहरुको समस्याको काम सुरु गरेको थियो ।

कार्यक्रममा भूमि आयोग जिल्ला सदस्य सचि सुदिप श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ४ का वडा अध्यक्ष रमेश राउत, वडा सदस्यहरु लगाएत उपस्थि भएका थिए ।

सम्बन्धित खवर