भदौै १ गते, कानेपोखरी । मोरङको कानेपोखरी–५ स्थित जहदामा स्थापित सिंहदेवी माविले २०७८ मा भएको स्वर्ण महोत्सवमा साढें ३६ लाख आम्दानी गरेको आयव्यय सार्वजनिक गरेको छ ।
साउन २९ गते विद्यालयको व्यवस्थापन समितिको बैठकले सो बराबरको रकम आम्दानी गरेको हिसाव सार्वजनिक गरेको हो । त्यसैगरी महोत्सवमा ६ लाख ८० हजार ८ सय ९१ रुपैया खर्च भएको छ । स्वर्ण महोत्सवमा पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक, पूर्व कर्मचारी, अक्षयकोषदाता चन्दादाता गरी जम्मा ३२६ जनालाई सम्मान, पुरस्कार तथा कदर पत्र प्रदान गरिएको थियो ।
फाल्गुन ७ गते महोत्सवको उद्घाटन कार्यक्रम निर्वतमान गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले गरेका थिए भने समापान प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए । सास्कृतिक कार्यक्रम र विभिन्न जातिका झाँकिहरु पनि प्रस्तुत गरिएको थियो । विद्यालयमा स्वर्ण महोत्सव २०७८ फाल्गुन ७ देखि चैत्र ७ सम्म भएको थियो ।
स्वर्ण महोत्सवमा ९ लाख ८८ हजारको स्मृती अक्षयकोषको स्थापना
स्वर्ण महोत्सवमा वडा नं. ५ का स्थानियहरुले आफ्न्त गुमाएको स्मृतीमा ९ लाख ८८ हजार २ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरेको छ ।
गंगाबहादुर स्मृती अक्षयकोष ६० हजार, दिलकुमार राई स्मृती अक्षयकोष ६५ हजार २७ रुपैया, चन्द्रबहादुर तामाङ स्मृती अक्षयकोष ६५ हजार २७ रुपैया, भक्तबहादुर खवास स्मृती अक्षयकोष ७० हजार ६ सय ५, अनिलकुमार श्रेष्ठ स्मृती अक्षयकोष ५१ हजार, शुक्रमाया राई स्मृती अक्षयकोष २ लाख २ हजार २ सय २२ रुपैया, तसमाया राई स्मृती अक्षयकोष १ लाख १ हजार १ सय १ रुपैया, सग्रजित राई स्मृती अक्षयकोष १ लाख ११ हजार २ सय २२ रुपैया, जयसिंह राई स्मृती अक्षयकोष १ लाख १२ हजार ५१ रुपैया र कानेपोखरी बि. एण्ड बि. अक्षयकोष १ लाख ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरेका हुन ।
विद्यालयमा अध्ययनरत अपाङ्गता, गरिव, दलित तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ती प्रदान गर्न स्वर्गीय आफ्न्तको नाममा अक्षयकोष स्थापन गरेका हुन । विद्यालयको बार्षिक कार्यक्रममा १ हजार र ५ सयको दरले छात्रवृती प्रदान गरिने विद्यालयका प्रधानाध्यापक धर्मराज थापाले बताए ।
महोत्सव अघि नै १० वटा अक्षयकोष स्थापना
स्थानीयहरुले विद्यालयमा यस अघि १० वटा अक्षयकोष स्थापना गरेको थियो । जनजागृती अक्षयकोष ५१ हजार, छलिमाया निरौला स्मृति अक्षयकोष ५० हजार, सुवास गुरुङ स्मृती अक्षयकोष ५० हजार, महालक्ष्मी राई स्मृती अक्षयकोष ५० हजार, इन्द्रकुमारी लिङ्थेप स्मृती अक्षयकोष ४० हजार, निर्मल सुब्बा स्मृती अक्षयकोष ४० हजार, कुलबहादुर याक्खा स्मृती अक्षयकोष २५ हजार, दिवश जिमी स्मृती अक्षयकोष १ लाख २ हजार, दिलहर्क थापा स्मृती अक्षयकोष १ लाख ११ हजार १ सय ११ रुपैया र सुनकेशर श्रेष्ठ स्मृती अक्षयकोष ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष महोत्सव अघि स्थापना गरी विद्यार्थीहरुलाई छात्रवृत्ती दिदै आएको थियो ।