सांसद सूर्यमाराज राईद्धारा खानेपानीको धारा उद्घाटन

असोज १ गते, कानेपोखरी । १ नम्बर प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको खानेपानीको धारा शुक्रबार उद्घाटन भएको छ ।

मोरङ कानेपोखरी –७, स्थित कानेपोखरी चोक उत्तर जंगलमा निर्माण गरिएको खानेपानी धाराको पानी उद्घाटन गरिएको हो । कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आयोजनामा भएको कार्यक्रममा क्षेत्र नं. ३ क का प्रदेश सांसद सूर्यमाराज राईले रिवन काटेर र धारा खोलेर उद्घाटन गरेको हो ।

कानेपोखरी चोक क्षेत्र र वडा नं. ५ को लागि यो खानेपानी विस्तार गरिने समितिले जनाएको छ । अहिले ३ किलोमिटर पाईप विस्तार गरिसकेको र कानेपोखरीको चोकका ४९ घरपरिवारमा धारा जडान गरिसकेको कार्यक्रममा कोषाध्यक्ष खगेश्वर खतिवडाले बताए ।

२ लाख २५हजार क्षमता भएको खानेपानीको ट्याङ्की निर्माण भएको छ । २०७४ सालमा स्थापना भएको खानेपानीको २०७५ पुस ६ गते शिलान्यास गरिएको थियो । खानेपानीको ट्याङ्की निर्माण सम्पन्न गर्न ३ करोड २ लाख ३२ हजार ५३१ रुपैया खर्च भएको थियो ।

प्रदेश सरकारबाट २ करोड ३९ लाख ४ हजार ७० रुपैया, संघिय सरकारबाट ४५ लाख, कानेपोखरी गाउँपालिकाबाट २ लाख बजेट विनियोजन भएको थियो भने स्थानीय उपभोक्ताबाट ७ लाख २९ हजार रकम खानेपानीको ट्याङ्की निर्माणको लागि संकलन भएको थियो ।

कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष मान बहादुर चौहानको अध्यक्षतमा भएको कार्यक्रममा भूमि दुलाल, नविन राई, हरि पौडेल, सञ्जय भट्टराई र प्रमुख अतिथि सूर्यमाराज राईले मन्तव्य दिएका थिए ।

खानेपानी ट्याङ्कीको लागि सोल्लर प्यानल ।

 

 

सम्बन्धित खवर