शुक्रबार, अशोज ३१, २०८२

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ५ जना सम्मानित

राजकुमारी तामाङ

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ३१ औं अन्तर्राष्ट्रिय अपाङगता दिवसमा ५ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरी अपाङगताका क्षेत्रमा सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कानेपोखरी अस्पतालताका डाक्टर अभिजित खडका, पद्यमा कुमारी कार्की, नगेन्द्र बस्नेत, ढुन्डीराज अधिकारी र पुन्यप्रसाद अधिकारी रहेका छ्न ।

उनीहरुलाई कार्यक्रमका प्रमुखअतिथि राजमती इङ्नामले सम्मान गरेकी थिइन् । कार्यक्रममा

अध्यक्ष इङ्नामले अपांगता भएका ब्यक्तिलाई घरमै गएर चेकजाँच गरि कार्डको वर्गीकरण गरिएको बताइन् । अपाङ्गता भएका ब्यक्तिलाई सामाग्री हस्तान्तरणमा भन्दा पनि स्वास्थ उपचारमा बिशेष ध्यान दिनुपर्ने जोड दिइन् ।

उपाध्यक्ष भोलाप्रसाद अधिकारीले १ महिनाको अवधिमा ४३ जना अपाङ्गता भएको व्यक्तिको पहिचान भएको बताए । कानेपोखरीमा अपांगता क्षेत्रमा अपाङ्गता भएका परिवारलाई निःशुल्क स्वस्थ बिमाको पनि कार्यक्रम ल्याएको जनाकारी दिए ।

कार्यक्रममा अध्यक्षता वडा ५ का अध्यक्ष चरण गुरुङले गरेका थिए भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, गोपाल कार्की, साउनी माझी, अनारवती ऋषिदेव, लोक बहादुर लिम्बू, डिल्लिमान गिरी, दिपक लुइँटेल लगायत अतिथि रहेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.