१५ बोरा गाँजा सहित मनोज राजवंशी र हस्त राई पक्राउ

पुस १९ गते, रंगेली । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी टोलीले १५ बोरा गाँजा सहित दुई जना युवालाई पक्राउ गरेका छन् ।

रंगेली नगरपालिका –१, बबिया बस्ने ४२ बर्षको मनोज राजवंशी र जिल्ला धनकुटा शहिदभूमी गाउँपालिका –२ बस्ने बर्ष २९ को हस्त राईलाई प्रहरीले गत आइतबार पक्राउ गरेको हो । मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँलीभित्रबाट अवैधरुपमा गाँजा लुकाई राखेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो ।

बिशेष सूचनाको आधारमा प्रहरीले राजवंशीको घरमा खानतलासी गर्ने क्रममा १५ बोरा लगभग ३ सय ५० केजी गाँजा बरामद गरेका थिए । गाँजा सहित हस्त राईले प्रयोग गर्ने प्र.न. १–०२–०५० प. २७९२ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रण लिएका छन् ।

धनकुटका हस्त राई धनकुटाबाट गाँजा ल्याएर दक्षिण रंगेली सम्म ल्याउने तथा किनेर ल्याएर बेच्ने र राजवंशी त्यहाँबाट भारत पुर्याउने काम गर्दै आएको उनिहरुको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरीले बताएका छन् ।

 

सम्बन्धित खवर