शिक्षा विकासमा ८ कोठे भवनको शिल्यानास

माघ १३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. २ स्थित दलेलीमा रहेको शिक्षा विकास माविको ८ कोठे भवन शिल्यानास गरेको छ ।

बसन्त पंञ्चमीको अवसर पारेर विहिबार गाउँपालिका अध्यक्ष राजमती इङ्नाले शिलान्यास गरेको हो । गाउँपालिकाको दक्षिणी भागमा पर्ने यो विद्यालय क्षेत्र वरीपरी बसोबास गर्ने सीमान्तीकृत÷अल्पसंख्यक लगायत अन्य समुदायका सन्ततीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उदेश्यले शिक्षा विकास माविमा भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष इङ्नाले बताइन् ।

एउटै विद्यालय भवनमा सबै कक्षाकोठाहरुलाई समावेश गर्ने गरि विद्यालयको भवनको निर्माण गर्न लागिएको प्रमुख प्रशासकिय अघिकृत सन्तोष घिमिरेले बताए । तीन तलाको डिजाइन गरिएता पनि पहिलो बर्ष १ तलाको मात्र ठेक्का लागेको छ ।

‘टर्न कि’ प्रोजेक्टको रुपमा रहेको यो भवन गाउँपालिकाको चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको विशेष अनुदानको रकमबाट ठेक्का लागेको हो । सो भवनको ठेक्का सुनसरीको इनरुवा २ को खान विल्डर्स प्रालिले पाएको छ ।

कुल अनुमानित लागत ३ करोड ३२ लाख ४० हजार ९ सय ९७ रुपैया रहेको छ भने कबोल रकम २ करोड ८६ लाख ७३ हजार ५ सय ७१ रुपैइा रहेको छ । ठेकेदार कम्पनीले २०७९ पुस १४ गते सम्झौता गरी २०८१ पुस १५ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता रहेको छ ।

निर्माण गर्न लागिको भवनको प्रत्येक कक्षा कोठामा ५०÷५० जना विद्यार्थी अट्ने ८ वटा कक्षा कोठा, ४÷४ वटा छात्र÷छात्रा शौचालय, शिक्षक शौचालय, स्टोर रुम, अफिस कोठा र सबै कक्षाकोठाको लागि फर्निचर समेत समावेश रहेको छ ।

सम्बन्धित खवर