‘समाजको मुख्य समस्या अपराधिक गतिविधि हो’

फागुन ४ गते, पथरी । इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मि भण्डारीले क्षेत्रका विभिन्न प्रकारका अपराधिक गतिविधि शून्य बनाउने बताएका छन् । इलाका प्रहरी कार्यालय पथरीमा कार्यालय प्रमुख भएर भखरै आएका डिएसपी भण्डारीले पत्रकार भेटघाटको आयोजना गर्दै सो कुरा बताएका हुन ।

समाजको समस्या अपराधिक गतिविधि भएकोले स्थानीय तह, वडा र जनतासँग सहकार्य गरी त्यसको नियन्त्रण गर्नु पर्ने बताएका छन् । उनले जनताको सुरक्षा गर्ने जिम्मा प्रहरीको भएकोले सवै प्रकारका अपराधिक क्रियाकलाप पथरीमा शुन्य बनाउने र यस्ता कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए ।

इप्रका क्षेत्र अन्तरगतका सवै प्रहरी कार्यालयहरु जनताको काममा सधै उपस्थित रहने उनको भनाई थियो । डिएसपी वेद प्रसाद गौतम धनुसा जिल्ला प्रहरी कार्यालयमा सरुवा भएपछि डिएसपी भण्डारी नेपाल ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पतलायाबाट गत सोमबार पथरी आएका हुन । झापा घर भएका डिएसपी १३ बर्ष अघिबाट प्रहरी सेवामा रहेका छन् ।

सम्बन्धित खवर