जेनिथको १४ औँ वार्षिक उत्सवमा दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

फागुन २६ गते, कानेपोखरी । जेनिथ इङ्लिस स्कुलको १४ औँ वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार सम्पन्न कार्यक्रममा एकजना छात्रा र एकजना छात्रलाई “चन्द्रमाया स्मृती अक्षयकोष” छात्रवृत्ति पुरस्कार प्रदान गरिएको हो । कक्षा ७ का रोहन कार्की र कक्षा ५ का पल्लवी मण्डललाई रु २५ सयको दरले छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र अक्षयकोष दाता बुद्धिनाथ लम्सालले हस्तान्तरण गर्नु भएको थियो ।

बुद्धिनाथ लम्सालले आफ्ना स्वर्गिय माता आलेखः चन्द्रमाया लम्सालको नाममा विद्यालयमा २०७२ सालमा अक्षयकोष स्थापना गर्नुभएको थियो । विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको हो ।

कार्यक्रममा २०५ जना विद्यार्थीले पुरस्कार पाएका थिए । शैक्षिक सत्र २०७८ मा प्रथम, द्धितीय र तृतीय हुने र वार्षिक खेलकुद प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको हो । स्कुलले फागुन ७, ८ र ९ गते सम्म तीन दिन वार्षिक खेलकुद कार्यक्रमको आयोजना गरेको थियो । भलिवल, फुट्सल, हाजिरिजवाफ प्रतियोगिता, रेस, सेक रेस लगाएत १२ वटा खेलहरुमा प्रतियोगित गराइएको प्रिन्सिपल जयबहादुर राईले जानकारी गराउनु भयो ।

विभिन्न विद्याका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथि वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मि भण्डारीले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा सांस्कृतीक नृत्यहरुले उपस्थित अभिभावकहरुलाई मनोरञ्जन गराएका थिए । नाटक, गायन, धिमाल, मगर, तामाङ जातीय गीतमा नृत्य प्रस्तुत गरिएको थियो । नृत्य शिक्षक र शिक्षिकाहरुले पनि नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्षता विद्यालय संचालक सदस्य अशोक फुयलले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रिन्सिपल जयबहादुर राईले गर्नुभएको थियो ।

 

सम्बन्धित खवर