दीप प्रज्वलन गरी ५८ औं अन्तराष्ट्रिय जातिय विभेद दिवस मनाए

चैत्र ८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ५८ औं अन्तराष्ट्रिय जातिय विभेद तथा रगंभेद उन्मूलन दिवसको अवसरमा दीप प्रज्वलन गरी मनाएको छ ।

गाउँपालिका अध्यक्ष राजमाती इङ्नामको अध्यक्षतामा मंगलबार गाउँपालिकाको प्राङ्गणमा भेलाभई दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला सदस्य दुर्गा नेपाली र दलित समन्वय समिति गाउँपालिका अध्यक्ष प्रकास परियार लगाएत उपस्थित रहेका थिए ।

गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, लेखा अधिकृत अजित भट्टराई, गाउँपालिकाका सूचना अधिकृत गोबिन्द फुयल, पार्टी प्रतिनिधि एमालेबाट दानबहादुर बस्नेत, नेकपा एसबाट भुमि दुलाल र खगेन्द्र बराइलीले मन्तव्य राखेका थिए ।

‘जातिवाद तथा रगंभेद विरुद्ध अविलम्ब प्रतिवाद गरौं’ जस्ता नारा व्यानगरमा लेखिएको थियो । ५८ औं अन्तराष्ट्रिय जातिय विभेद तथा रगंभेद उन्मूलन दिवसको अवसरमा मानवता विरोधी छुवाछुत अन्त्य गर्न सबै जुट्न पनि आग्रह गरिएको थियो ।

सम्बन्धित खवर