पथरीमा बैशाख २४ गतेदेखी बाल साहित्य महोत्सव हुर्दै

बैशाख १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा ‘बाल साहित्य महोत्सव—२०८०’ हुने भएको छ । बालबालिकाहरुको अतिरिक्त क्षमताको विकास र प्रदर्शन गर्ने उदेश्यले महोत्सव वैशाख २४ गतेदेखि ३० गतेसम्म पथरी बहुमुखी क्याम्पसमा हुने आयोजकले जानकारी दिएका छन् ।

कला साहित्य प्रवन्दन समितिको आयोजनामा हुने महोत्सवमा नगरमा रहेर बिभिन्न विद्यालयमा अध्ययनरत बाल बालिकाहरुको किताबी ज्ञान बाहेक अतिरिक्त क्षमताको विकास गर्ने उदेश्यले हुन लागेको हो ।

महोत्सवमा प्रदर्शनको लागि नाटक तयार भएको शब्द थिएटरका जीवन बरालले जानकारी दिए । नाटक बिभिन्न ८ वटा विद्यालयमा अध्ययनरत बाल कलाकारहरुले अभिनय रहेको छ । साहित्यमा रुची भएका बालबालिकाहरुलाई गीत, कविता, गजल के, कसरी लेखिन्छ भनेर स्थापित सर्जकहरुको उपस्थितिमा कार्यशाला गोष्ठि चलाइने लक्ष्मी फुयलले बताए ।

त्यसैगरी नृत्य बारे राम बिक, गायनमा अर्जुन सिन्चुरी, वक्तित्व कला बारे शम्भूराज घिमिरे र सेरामिक बारे एभरेष्ट आर्ट फ्युजनको संयोजनमा कार्यशाला हुने कला साहित्य प्रबद्र्धन समितिका अध्यक्ष अमिर राईले बताए ।

महोत्सव भर पुस्तक तथा विज्ञान, लोक वाजा, भेषभुषा प्रदर्शनी, बुद्धिचाल लगायत खेलकुद गतिविधिको साथै खाद्य स्टलहरू राखिने आयोजक समितिको सचिव सरोज तिम्सिनाले बताए ।

सो महोत्सवमा नियमित नाटक प्रदर्शन, चित्रकला कार्यशाला, साहित्य लेखन कार्यशाला, मूर्तिकला कार्यशाला, हस्त लेखन कार्यशाला, वाककला कार्यशाला, पुस्तक प्रदर्शनी, खाद्य स्टलहरू, विज्ञान प्रदर्शनी, लोकवाजा प्रदर्शनी, भेषभुषा प्रदर्शनी, स्वास्थ्य शिविर, चेस लगायत खेलकुद गतिविधि तथा विभिन्न स्टलहरु रहने बताइएको छ । बाल साहित्य महोत्सवमा निःशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।

बिभिन्न जातीय सांस्कृतिक झाँकीसहितको नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा हुने उद्घाटन कार्यक्रममा कला साहित्यमा योगदान पु¥याउदै आएका सरोजा खड्गीलाई २५ हजार नगदसहित सम्मान गरिने भएको छ । बाल बालिकाहरुको अतिरिक्त क्षमता वृद्धिको लागि महोत्सव उपयुक्त हुनेदेखिन्छ ।

नाटकमा अभिनय रहेका बालिबालिका

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सम्बन्धित खवर