बुधबार, मंसिर ३, २०८२

कानेपोखरी गाउँपालिकामा लाग्यो ताला

बैशाख १९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा स्थानीय सरकार विरुद्ध आन्दोलन सुरु भएको छ । गाउँपालिकाको केन्द्र सार्ने प्रक्रिया गलत भएको भन्दै वडा नं. ६ बासीले गाउँपालकामा ताला लगाईदिएका छन् ।

मंगलबार दिउँसो कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामको कार्यकक्षमा र वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेतको कार्यकक्षमा  ताला लगाएको हो । यो समस्याको समाधान नगरुन जेल सम्म ताला नखोलिने आन्दोलनको नेतृत्वकर्ता नविन पौड्यालले बताए । पौड्यालका अनुसार १ महिना अघि सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले प्रत्येक जनप्रतिनिधिहरुलाई फोन गरी प्रशासकीय भवन सार्ने पक्षमा मत लगाउन भनेका थिए । त्यसैगरी काम गर्न आएका नयाँ प्रमुख प्रसाशकिय अधिकृतलाई गाउँपालिकामा हाजिर गर्न नदिनु र हाजिर गर्न नदिनाले अहिले १ महिना देखी सबै काम ठप्प रहेको छ यसको कारणहरु खोजेको पौडेलले बताए ।

गाउँपालिकामा भएको वेथिती र भ्रष्टचारको ढाकछोप गर्न पालिकाको केन्द्र सार्ने योजना ल्याएको नविन पौड्यालले बताए । कानेपोखरी गाउँपालिकाले व्यापक छलफल नगरी केन्द्र सार्ने निर्णय गरेको भन्दै सोमबार वडा नं. ६ का एमाले पार्टीका जिल्ल नेता देखी गाउँ र वडा नेताहरुले सामूहिक राजिनामा दिएका थिए ।

आइतबार गाउँसभामा प्रस्तावको रुपमा प्रशासकीय भवन खरिद गरेको जग्गामा सार्ने वा यथावत भन्ने विषयमा भोटिङ भएको थियो । प्रशासकीय भवन सार्ने विषयमा दुई तीहाइ मत आएको थियो । त्यस पछि माइनेटिङ लेख्ने क्रममा गाउँपालिकाको केन्द्र सार्ने नै लिखितम निर्णय गरेपछि सामूहिक राजिनामा दिएको जिल्ला सदस्य नविन पौडेलले बताए । यसरी जनतालाई झुक्याउन नपाईने उनको तर्क थियो ।

उनीहरुले पार्टी निर्णय प्रक्रियालाई वेवास्ता गर्दै एकलौटी ढंगले पद्धतिको कुनै पनि अनुसरण नगरी गाउँपालिकाले खरिद गरेको जमिनमा भएको भ्रष्टाचारको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पु¥याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेको दाबी गरेका छन् ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.