पूर्वाञ्चल बिश्वबिद्यालयमा सुबिधा सम्पन्न सभाहल बन्ने

बैशाख २२ गते, बेलबारी । पूर्वाञ्चल विश्वविद्यालयमा सुबिधासम्पन्न सभाहल बन्ने भएको छ । बिश्वबिद्यालय परिषरमा बन्न लागेको सात सय ५० सीट क्षमताको सभाहलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन नबिल बैंकको शाखा कार्यलयको पनि शिलान्यास गरिएको छ ।

नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सभाकक्ष बनाईदिन लागेको हो । सभाकक्ष र बैकको शाखा कार्यलयको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री तथा विश्वविद्यालयका सह–कुलपती अशोक राई र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा शिलान्यास गरेका छन ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयहरुलाई बढी राजनितिकरण गरिएको बताएका छन् । राजनितिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा बिक्रिती आएको बताए । विश्वविद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले बढी राजनिति गर्दा विश्वविद्यालयलाई घाटा भैरहेको मन्त्री राईको भनाई छ । आफु मन्त्री बनेको एक महिनाको अवधीमा शिक्षाक्षेत्रका सरोकारबालाहरुसँग छलफल गरी सुधार गर्नुपर्ने धेरै कुराहरूको विषयमा जानकारी लिएको उनले बताए । अहिले पनि शिक्षाक्षेत्र सुधारका लागि कतिपय ऐन कानून बन्न नसकेकाले आउदो अधिबेशनमा रोकिएका ऐनलाई पेश गर्ने मन्त्री राईले जानकारी दिए ।

विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको छलफलमा धेरै विश्वविद्यालयमा समस्याको चांङ रहेको तर पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले समस्या भन्दापनि धेरै उपलब्धी हासिल गरेको आफूले पाएको उनले बताए । उच्च शिक्षाको लागि विदेशीने प्रबृत्तीको अन्त्य गर्न विदेश उत्तम स्वदेश खत्तम भन्ने सोचलाई बदल्न विश्वविद्यालयहरुले समय सापेक्ष गुणस्तरिय शिक्षाको ब्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए । २३ वर्षदेखी शिक्षक दरबन्दी मिलान गर्न नसकिएको जनाउदै बालकक्षा, राहत र करार शिक्षकको समेत समस्या कायमै रहेको मन्त्री राईले बताए ।

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला र रजिष्टार नीलमणी पोखरेलले चिकित्शा शिक्षा सञ्चालनको लागि सरकारबाट अनुमती पाएसँगै मेडिकल कलेज सञ्चालनको लागि थप साधन श्रोत आवश्यक पर्ने भएकाले उपलब्ध गराइदिन आग्रह गरे । आगामी शैक्षिक शत्रदेखी एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेको विश्वविद्यालयलाई सबैको साथ सहयोगको आवश्यकता रहेको उनीहरूको भनाई छ ।

लामो समयदेखी मेडिकल कक्षा सञ्चालनको अनुमती कुरेर बसेको विश्वविद्यालयले यसैबर्ष मात्र अनुमती पाएको भन्दै सबैको साथ सहयोग भए आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने पदाधिकारीहरुको भनाई छ ।

 

सम्बन्धित खवर