कानेपोखरी गाउँपालिकाबाटै श्रम स्वीकृति सुरु, पहिलो व्यक्ति बसन्त धिमाल

बैशाख २९, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ ।

पालिकाले विहिबार वडा नं. ४ का बसन्त धिमाललाई श्रम स्वीकृति पेपर प्रदान गर्दै श्रम स्वीकृति दिने व्यवस्था सुरु गरेको हो । धिमाललाई गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारीले श्रम स्वीकृति पेपर हस्तान्तरण गरेका थिए ।

श्रमस्वीकृति लिर्दै धिमालले खुशी व्यक्त गर्दै गरेका छन् । उनले यसअघि काठमाडौँ र विराटगर गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुने गरेको थियो अव आफ्नो पालिकाबाटै पाएपछि त्यो झन्झटबाट मुक्त भएका बताए ।

२०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्थालाई गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन पालिकाको रोजगार सेवा केन्द्रबाट पाउने व्यवस्था गरिएको छ । यसका लागि अब विराटनगर र काठमाडौँ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

 

सम्बन्धित खवर