जेठ ८, पथरी । मोरङको पथरीशनिश्चरे– ८ शुक्रबारेमा एक महिने लिम्बु जातिको च्याबु्रङ नाचको प्रशिक्षण समापन भएको छ ।
माङ्हिममा आइतबार एक कार्यक्रमको आयोजनागरी एक महिने च्याब्रङ् नाचको प्रशिक्षण समापन गरिएको हो । कार्यक्रममा थारु जातिको परम्परागत पोषाक पनि हस्तान्तरण गरिएको छ । वडाका ४० जना युवायुवतीहरुले एक महिने लिम्बु जातिको च्याबु्रङ नाचको प्रशिक्षण लिएका थिए । त्यसैगरी १३ जोड थारु जातिको परम्परागत पोषाक हस्तान्तरण गरिएको वडा अध्यक्ष नविन कार्कीले बताए । थारुहरुले आफ्नो पर्वमा सो परम्परागत पोषाक लगाएर नृत्य गर्ने प्रचलन छ ।
माङ्हिममा वडा कार्यालयको सहयोगमा लिम्बु भाषा संरक्षणको लागि लिम्बू भाषा पाठशाला पनि संचालनमा छ ।
कार्यक्रमका प्रमुख अतिथिका वडा अध्यक्ष नवीन कार्कीले आफ्नो पहिचान संरक्षण गर्नका लागि सबैले आफ्नोआफ्नो परम्परागत पोषाक, बाजा, संस्कार, भाषा आदिको संरक्षण तथा पुस्तान्तरण गर्नुपर्ने बताएका थिए । उनले यो बर्ष लिम्बू र थारु जातिको संस्कृती संरक्षणमा सहयोग गरेकोमा आगामी दिनहरुमा अन्य जातिहरुको पनि मागमा आधारित परम्परागत संस्कृतिहरुको संरक्षण गर्न वडा कार्यलयले सहयोग गर्ने बताए ।
किरात लिम्बू भाषा विद्यालयका अध्यक्ष छत्रबहादुर लिम्बुले वडा कार्यलयबाट आफुहरुको भाषा संरक्षणको लागि लिम्बू भाषा पाठशाला सुरुवात र सस्कृती संरक्षणको लागि एक महिने च्याब्रुङ नृत्य प्रशिक्षण कार्यक्रम गरिएकोमा वडा कार्यलयलाइ धन्यवाद ब्यक्त गरेका थिए ।
थारु कल्याणकारी समाज नगरकमिटीका बक्ताहरुले नगरपालिकामा यतिका थारुहरु हँुदा पनि कुनैपनी सहयोग नगरेको अबस्थामा वडाले थारु जातीलाई सहयोग गरेकोमा खुशी भएको बताएका थिए । कार्यक्रममा थारु जातिको नृत्य र लिम्बू जातिको च्याब्रुङ नाच समेत प्रस्तुत गरिएको थियो ।
आदिबासी जनजाती वडा नं. ८ का संयोजक तारा खजुम लिम्बुको अध्यक्षतामा भएको कार्यक्रम समितिका सचिब सुनिल लिम्बुले संचालन गरेको थिए । कार्यक्रममा वडा सदस्यहरु शान्ता योङहाङ, झमकबहादुर लिम्बू, बाबुराम चौधरी, शिवकुमारी बिश्वकर्मा उपस्थित रहेका थिए ।




