कानेपोखरीमा धिमाल सांस्कृतिक तथा फुड फेस्टिवल महोत्सव हुर्दै, जेठ २५ गते सार्वजनिक विदा

जेठ २०, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको ‘ऐतिसाहिक कानेपोखरी’ मा जेठ २५ गते धिमाल सांस्कृतिक तथा फुड फेस्टिवल महोत्सव हुने भएको छ । धिमाल जातीय विकास केन्द्र कानेपोखरीको आयोजनामा एक दिने महोत्सव हुने भएको हो ।

धिमाल जातीय विकास केन्दले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव हुने बारेमा जानकारी गराएका थिए । विकास केन्द्रले सो दिन स्थानीय सरकारसँग स्थानीय विदा माग्ने तयारी गरेको धिमाल जातीय विकास केन्द्र कानेपोखरीका अध्यक्ष प्रकास धिकालले बताए ।

महोत्सवमा धिमाल जातीको राष्ट्रिय तथा स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन दिने भएका छन् । गायिका मेचु धिमाल, रोषन धिमाल, सूर्य धिमाल लगाएतको प्रस्तुती रहने आयोजकले बताए । महोत्सवमा धिमाल जातीको खान्की विभिन्न परिकार प्रदर्शनको लागि स्टल पनि राखिने र त्यहाँ आउने जो कोहीले पनि विभिन्न परिकार(खानेकुरा) तोकेको मुल्य अनुसार किनेर खानुपर्ने आयोजक बताउँछन् ।

सोही दिन धिमालहरुको पहिचान बोकेको दुई वटा आँखा गुमेको योद्धा धिमालको मुर्ति स्थापना, कानेबकुल्ला, रोइतारनी लगाएतका स्टाचु स्थापना गरिने अध्यक्ष धिमालले बताए । कार्यक्रममा मन्त्री, स्थानीय सरकार प्रमुखहरु र कानेपोखरी गाउँपालिकाका सवै वडाका वडाध्यक्षहरुलाई कार्यक्रमको अतिथि रहने जनाएको छ ।

कानेपोखरी गाउँपालिका क्षेत्रका धिमालहरुले विभिन्न ६ स्थानमा जात्री कुलपुजा शुक्रबार सम्पन्न गरेको छ । जेठ १ गते वडा नं. ५ को थापरसिंह महाराजथान र जेठ ५ गते दुम्रीघाट महाराजथान, जेठ ९ गते वडा नं. ७ को ऐतिहासिक कानेपोखरीमा, जेठ १० गते वडा नं. ६ को नर्सरी डाँडा भलुवा महाराजथान, जेठ १६ गते वडा नं. २ मा रणकाली महाराजथान धापगाँउ र वडा नं. ५ कालीकोशी महाराजथान गरी ६ वटा गाउँटोलले आफ्नो जात्री कुलपुजा सम्पन्न गरेको छ ।

६ स्थानमा जात्री कुलपुजा सम्पन्न भएपछि एउटा ऐतिहासिक रुपमा एकै स्थानमा धिमाल सांस्कृतिक तथा फुड फेस्टिवल महोत्सव आयोजना गरी पर्वलाई विदाई गरिने आयोजकले बताएका छन् ।

सम्बन्धित खवर