बिहिबार, अशोज ३०, २०८२

ग्रामिण सुधार सामुदायिक वन तीन वटा वन समूहमा विभाजित, ऋण बाँडफाँड

सनम रोक्का

असार ९, कानेपोखरी । क्षेत्रफलको हिसाबले मोरङ जिल्लाकै सवै भन्दा ठुलो ग्रामिण सुधार सामुदायिक वन २४ बर्ष पछि तीन समूहमा विभाजित भएका छन् ।

विभाजन गर्न दुई बर्षको लामो प्रयास पछि सहमती जुटाई शनिबार औपाचारीक रुपमा विभाजन भएको हो । ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नविन राईले २२ औं वार्षिक साधारण सभामा वनलाई तीन खण्डमा विभाजित गरेको घोषणा गरेका थिए ।

आन्तरिक कलह, अख्तियारमा उजुरी, आन्तरिक ऋण र छुट्टा भिन्नको विषयले गर्दा वनलाई तीन खण्डमा विभाजन गर्नुपरेको अध्यक्ष नविन राईको प्रतिवेदनमा उल्लेख छ । वनमा अहिले १ करोड ६० लाख, ४० हजार ४ सय ५ रुपैया ऋण छ ।

क्षेत्रफलको आधारमा कुल ऋण पनि व्याहोर्ने गरी तीन खण्डमा वन समूह वनाउने राजनीतिक सहमती भएको थियो । विभाजित तीन वटा वन समूहको नाम ग्रामिण सुधार सामुदायिक वन, दहि लामिचौरी सामुदायिक वन र भुल्के सुन्तली सामुदायिक वन रहेको छ ।

कुल क्षेत्रफल ८३९.२२ हेक्टर रहेको वनमा क, ख र ग वर्गमा ५ हजार ३ सय उपभोक्ता रहेका छन् । जसमध्ये ग्रामिण सुधार सामुदायिक वनको ३१२.०५ हेक्टर क्षेत्रफल रहेको छ । यसमा क वर्गका उपभोक्ता १०६४ जना र ख वर्गका उपभोक्ता १०४० जना रहेका छन् ।

त्यसैगरी विचभागमा रहेको दहि लामिचौरी सामुदायिक वनको २९८.९२ हेक्टर क्षेत्रफल रहेको छ । यसमा क वर्गका उपभोक्ताका संख्या ९३१, ख वर्गका उपभोक्ता ४४३ जना रहेको छ । त्यसैगरी भुल्के सुन्तली सामुदायिक वनको २२८.९२ हेक्टर क्षेत्रफल रहेको छ । यस वनमा उपभोक्ताको संख्या १००४ जना रहेका छन् ।

कुल ऋण मध्येबाट ग्रामिण सुधार सामुदायिक वनले (३५ प्रतिशत) ५६ लाख १४ हजार १ सय ४३ रुपैया, दहि लामिचौरी सामुदायिक वनले (४० प्रतिशत) ६४ लाख १६ हजार १ सय ६२ रुपैया र भुल्के सुन्तली सामुदायिक वनले (२५ प्रतिशत) ४० लाख १० हजार १ सय १ रुपैया ऋण व्याहोर्ने गरी भाग लगाएका छन् ।

यस अघि २४ बर्ष सम्म ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूह तीन वटा क्षेत्र निर्माण गरी कार्य सम्पादन गर्दै आएका थिए । क्षेत्र नं. १, २ र ३ क्षेत्रको समूह निर्माण गरी तीनवटा वन क्षेत्रलाई मुल समितिले मात्र कटान आदेश, विक्रि आदेश र आर्थिक कारोबार गर्दै आएको थियो ।

२२ औं साधारण सभाको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिहरु सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य सिता श्रेष्ठ, कोशी प्रदेश सदस्य अग्नी पौडेल, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, अतिथिहरु नेकपा(एमाले) कानेपोखरी गाउँकमिटि अध्यक्ष सुशिल बुढाथोकी, नेपाली कांग्रेस कानेपोखरी गाउँ सभापती योगेन्द्र बस्नेत, माओवादी केन्द्र कानेपोखरी गाउँ इन्चार्ज अम्बिका अर्याल, नेकपा एसबाट भूमि प्रसाद दुलाल, रमाइलो जनएकता साकोसका अध्यक्ष त्रिभूनाथ फुयल, जनजागृती सामुदायिक उपाध्यक्ष सिर्जना विष्ट चौधरी लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

 

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.