कानेपोखरीको जंगलमा गोली लागेको चित्तल फेला

साउन १६, बयरवन । मोरङको कानेपोखरी जंगल क्षेत्रमा गोली लागेको चित्तल फेला परेको छ । गोली लागेर मृत अवस्थामा वन रक्षकहरुले पूर्वपश्चिमा सडकमा फेला पारेको हो ।

जंगल भित्र सिकारीले गोली हानेपछि भागेका चित्तल राजमार्गमा निस्केका थिए । घाइते चित्तल राजमार्ग निस्के पछि सवारी साधनले ठक्कर दिएपछि मात्र मृत्यु भएको सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख महमत अलाउदिनले बताए । उनका अनुसार ठक्कर दिने सवारी साधन पहिचान हुन सकेन ।

२ बर्षको पोथी जातका चित्तल पछाडी भागमा गोली लागेको थियो । ५८ इन्र्च लामो र ४५ केजी तौल भएको चित्तलको प्रहरी, जनप्रतिनिधि र वन समूहको रोहवरमा मुजुल्का उठाई खाल्टोमा गाडिएको वन कार्यालय प्रमुख अलाउदिनले बताए ।

चित्तललाई वन कर्मचारीले आइतबार साँझ ४ः३० बजे भेटेका थिए । सिकारीले दहि लामिचौरी सामुदायिक वन क्षेत्रमा चित्तललाई गोली हानेको वन कार्यालयले जनाएको छ ।

 

 

सम्बन्धित खवर