Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
लेटाङ नगरपालिकाद्धारा क्लिनिक, फार्मेसि र भेटेनेरी पसलको अनुगमन् - Nigranitimes

लेटाङ नगरपालिकाद्धारा क्लिनिक, फार्मेसि र भेटेनेरी पसलको अनुगमन्

साउन २२, लेटाङ । लेटाङ नगरलालिकाले नगर भित्र रहेका स्वास्थ्य क्लिनिक, फार्मेसि तथा भेटेनेरी सम्बन्धी पसलको अनुगमन गरेको छ ।

सोमबार लेटाङमा रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिकहरु तथा भेटेनेरी पसलहरुको अनुगमन गरेको हो । लेटाङ नगरपालिकाकी उपप्रमुख तथा अनुगमन् समितिको संयोजक कृष्णकुमारी निरौला पोख्रेलको नेतृत्वमा अनुगमन् गरिएको थियो ।

निरौलाका अनुसार यो आर्थिक बर्षको सुरुवातमा गरिएको अनुगमन अव नियमित रुपमा हुने छ । उनले अनुगमनका क्रममा मिति नाघेका बस्तुहरुलाई छुट्टै भण्डारण गर्ने गरेको पाइएको वताइन् । हाल स्वास्थ्य संस्था तथा फार्मेसी र भेटनेरी पसल अनुगमन गरिएको र यस लगत्तै अन्य ब्यवसायको अनुगमन गरिने समेत उनीले जनाइन् ।

अनुगमन टोलीमा लेटाङ अस्पतालका प्रमुख डा. कमलकान्त गोइत, लेटाङ नगरपालिकाका अधिकृत भुपेन्द्र खनाल, स्वास्थ्य शाखा प्रमुख केशव रिजाल, लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर राई, पत्रकार महासंघ मोरङ सहसचिब प्रशान्त निरौला, उद्योग वाणिज्य संघका प्रतिनिधि निर्मल दाहाल, ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी नायव निरिक्षक हेम वहादुर कटुवाल, नगरप्रहरी प्रमुख बलवहादुर राई, लगायत रहनुभएको थियो ।

सम्बन्धित खवर