साउन ३१, कानेपोखरी । मोरङको कानेपोखरी –७, स्थित दहि लामिचौरी सामुदायिक वन समितिमा गठबन्धनको प्यानललाई पराजित गर्दै एमालेको प्यानलनै विजयी भएको छ ।
मंगलबार भएको निर्वाचनमा वनको अध्यक्ष पदमा त्रिभुनाथ नेपालले १८८ मत ल्याई विजयी भएको हो । अध्यक्षका निकटम प्रतिद्धन्दी गठबन्धनबाट नेपाली कांग्रेसका सहरमान घिसिङले १६१ मत ल्याएका थिए । उपाध्यक्ष पदमा भिमाकुमारी चोङबाङ सर्वसम्मत निर्वाचित भएकी छिन् । एमालेका प्यानलबाट उम्मेद्वारी दिएकी शुकमाया तामाङ(सुनिता) ले उम्मेद्वारी फिर्ता लिएपछि चोङबाङ सर्वसम्मत विजयी भएकी हुन ।
त्यस्तै सचिवमा मानबहादुर तेयुङ लिम्बु (दिपक)ले २७२ मत ल्याई विजयी भएका छन् । सचिवका निकटम प्रतिद्धन्दी गठबन्धनबाट नेपाली कांग्रेसका होमनाथ खरेलले १९६ मत ल्याएका थिए । त्यस्तै सहसचिव पदमा दिपक घिसिङले २९१ मत ल्याई विजय भएका छन् । सहसचिवका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका नरबहादुर कट्वालले १४५ मत ल्याएका थिए । त्यस्तै कोषाअध्यक्षपदमा संगिता विकले २१५ मत ल्याई विजयी भएका छिन् । कोषाअध्यक्षपदमा निकटम प्रतिद्धन्दी गठबन्धनबाट माओवादी केन्द्रका स्वस्तिका अधिकारी फुलयले २०५ ल्याएकी थिइन् ।
अर्का अध्यक्षका उम्मेद्वार कृष्ण थामीले ११८ र राजकुमरा लिम्बुले ५१ मत ल्याएका थिए ।
त्यस्तै सदस्यहरुमा प्रेमबहादुर तामाङ(सुरज) ले १७० मत, भूमिप्रसाद थेगिमले १७५ मत र सूर्य खुलालले १४७ मत ल्याई विजयी भएका छन् ।
सदस्यमा रामकुमार घिसिङ तामाङ र सूर्य खुलालको मत १४७ बराबरी आएपछि गोला प्रथाबाट सूर्य खुलाल विजयी भएका हुन ।
त्यस्तै गठबन्धनबाट माओवादी केन्द्रका गुणराज फुयलले १५९ मत ल्याई विजयी भएका छन् ।
त्यसैगरी महिला सदस्यमा सिता लिम्बू, निर्मला तामाङ, नैना कला जिमी, नर्मला कार्की, अस्मिता दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । महिला सदस्यमा प्रतिद्धन्दी कोही पनि नआएपछि सर्वसम्मत निर्वाचित भएका हुन ।
त्यस्तै, लेखा समितिका संयोजकमा एमालेको प्यालनबाट टंक प्रसाद घिमिरेले २६४ मत ल्याई विजयी भएका छन् । लेखा समितिका संयोजका निकटम प्रतिद्धन्दी गठबन्धनबाट माओवादी केन्द्रका जनक ढकालले १५३ मत ल्याएका थिए । लेखा समिति सदस्य चुडामणी बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै अनुमगन संयोजकमा एमालेका इश्वरी बस्नेत सर्वसम्मत भएका छन् । त्यस्तै सदस्यमा भगी प्रसाद फुयल सर्वसम्मत निर्वाचित भएका छन् ।
मतदाता संख्या ९३० रहेकोमा ६३५ मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन पछि बेलुकी ७ बजेदेखी मतगणना सुरुभई राती १२ः ५० बजे सम्पन्न भई घोषना भएको थियो ।
ग्रामिण सुधार सामुदायिक वन समूहबाट भखरै छुट्टीएको दहि लामिचौरी सामुदायिक वन उपभोक्ता समूह भएको हो ।
दहि लामिचौरी सामुदायिक वनको २९८.९२ हेक्टर क्षेत्रफल रहेको छ । यसमा क वर्गका उपभोक्ताका संख्या ९३० घरधुरी रहेका छन् । त्यसैगरी ख वर्गका उपभोक्ता ४४३ जना रहेको छ ।
क्षेत्रफलको हिसाबले मोरङ जिल्लाकै सवै भन्दा ठुलो ग्रामिण सुधार सामुदायिक वन एक महिना अघि २४ बर्ष पछि तीन समूहमा विभाजित थिए । विभाजित तीन वटा वन समूहको नाम ग्रामिण सुधार सामुदायिक वन, दहि लामिचौरी सामुदायिक वन र भुल्के सुन्तली सामुदायिक वन रहेको छ ।
वनमा अहिले १ करोड ६० लाख, ४० हजार ४ सय ५ रुपैया ऋण छ । क्षेत्रफलको आधारमा कुल ऋण पनि व्याहोर्ने गरी तीन खण्डमा वन समूह वनाउने राजनीतिक सहमती भएको थियो ।
कुल ऋण मध्येबाट ग्रामिण सुधार सामुदायिक वनले (३५ प्रतिशत) ५६ लाख १४ हजार १ सय ४३ रुपैया, दहि लामिचौरी सामुदायिक वनले (४० प्रतिशत) ६४ लाख १६ हजार १ सय ६२ रुपैया र भुल्के सुन्तली सामुदायिक वनले (२५ प्रतिशत) ४० लाख १० हजार १ सय १ रुपैया ऋण व्याहोर्ने गरी भाग लगाएका छन् ।
अर्का ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहमा राजनितिक सहमती भई वन समिति निर्माण भई सकेको छ भने भुल्के सुन्तली सामुदायिक वन पनि चुनावको तयारीमा रहेको छ ।