विश्वासको मत दिनेलाई कोशीमा १० करोड र मन्त्रिको प्रस्ताव आएको लिङ्देनको खुलासा

भदौ २, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिनको टुंगो भएपछि प्रदेश सभा सदस्य मनाउन सत्ता गठबन्धन दलका नेताहरुले चलखेल सुरुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो त,’– लिङ्देनले लेखेका छन् ।

 

कोशी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन भएको छ । कोशीमा मुख्यमन्त्री थापालाई विश्वासको मतको संकट रहेको छ । यस अघिका मुख्यमन्त्री हिक्मत बहादुर कार्की पनि विश्वासको मत पाउन नसकेको कारण पदमुक्त भएका थिए ।

सम्बन्धित खवर