Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
सबै लागिपरे पथरी बहुमुखी क्याम्पसको गुणस्तर उकास्न सकिन्छ – मेयर तुम्वापो - Nigranitimes

सबै लागिपरे पथरी बहुमुखी क्याम्पसको गुणस्तर उकास्न सकिन्छ – मेयर तुम्वापो

भदौ १९, पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले सबै लागिपरे पथरी बहुमुखी क्याम्पसको गुणस्तर उकास्न सकिने बताएका छन् ।

पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्वालिटी एसुरेन्स एण्ड एक्रिडिटेशन (क्यूएए) प्रक्रियाको लागि विश्व विद्यालय अनुदान आयोगको प्रथम भिजिटको समापन कार्यक्रममा मेयर तुम्बापापेले बताए ।
उनले सबै लागिपरे स्थानीय सरकारको तर्फबाट पनि सहयोग रहने बताए । उनले भने–‘क्याम्पसको स्तरोन्नति गर्न तपाई हामी सबै मिलेर प्लान बनाएर क्रमैसँग अघि बढे सफलता हात पार्न सकिन्छ ।’

विश्व विद्यालय अनुदान आयोगको पूर्ब सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्राध्यापक भोलानाथ पोखरेल र नबिना चौलागाइले क्याम्पसको पहिलो तयारी भिजिटमा आएका थिए । क्याम्पसले क्यूएए प्रमाणितको प्रक्रिया अघि बढाएपछि अनुदान आयोगको टोली भदौ १७ गते आजसम्म अध्ययन गरेको थियो ।

टोलीले क्याम्पस सञ्चालक समितिको अध्यक्ष, क्याम्पस प्रमुखलाई एक्लाएक्लै र समूहमा, कर्मचारी, शिक्षकहरु, समाजका अगुवाहरू, विद्यार्थी, पूर्व विद्यार्थी, , स्ववियु पदाधिकारी, क्याम्पस पढेर रोजगारीमा लागेका र रोजगारदाताहरुलाई, स्याट, एसएसआर, आरएमसी, डिपार्टमेन्ट प्रमुखहरुलाई, स्वास्थ्य व्यवस्थाबारे छुट्टाछुट्टै भेटघाट गरेर अध्ययन गरेका थिए ।

यस्तै सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतले पथरी बहुमुखी क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा बिक्ने जनशक्ति उत्पादन गर्न सुझाबहरुलाई समेटेर क्यूएए प्रमाणित गर्न तीन महिना भित्र पुनः रिपोर्ट बुझाउने प्रतिबद्धता गरे ।

क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले उत्तीर्र्ण प्रतिशत वृद्धि गर्ने, क्याम्पसलाई लागेको ऋण तिर्न पहल गर्ने लगायतको प्रतिबद्धता व्यक्त गरे । यस्तै संविधानसभा सदस्य चण्डीप्रसाद राईले क्यूएए प्रमाण–पत्र भन्दा पनि शैक्षिक गुणस्तर वृद्धिको लागि विद्यार्थीलाई काउन्सिलिङको आवश्यकता रहेको बताए ।

सम्बन्धित खवर