भदौ २४, पथरी । भुजेल समाज सेवा सम्वनय समिति मोरङले जिल्ला स्तरीय भात्रि संगठनको नयाँ –नेतृत्व चयन गरेको छ ।
शनिबार पथरीशनिश्चरे–१० स्थित सिरिजंगा धार्मिक स्मृति वनको भवनमा भएको जिल्ला अधिवेशनले युवा र महिला समाज सेवा समितिको नेतृत्व चयन गरेको हो ।
भुजेल महिला समाज सेवा समितिको जिल्ला अध्यक्षमा मिना भुजेल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा रेखा भुजेल, सचिबमा मन्जु भुजेल, सह–सचिबमा अनिता भुजेल र कोषाध्यक्षमा कल्पना भुजेल सर्वसम्मत चयन भएका थिए । त्यसैगरी सदस्यहरु बिमला भुजेल, मन्दिरा भुजेल, अनु भुजेल र केञ्जल भुजेल रहेका छन् ।त्यसैगरी बिनोद भुजेलको नेतृत्वमा ७ सदस्य मोरङ जिल्ला स्तरीय भुजेल युवा समाज सेवा समिति गठन भएको छ । उपाध्यक्षमा पुस्कर भुजेल, सचिबमा पुष्प भुजेल, सह–सचिबमा उषा भुजेल र कोषाध्यक्षमा खगेन्द्र भुजेल सर्वसम्मत चयन भएको हो । त्यसैगरी सदस्यहरुमा दिपेस भुजेल, अन्जना भुजेल, रोसन भुजेल रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख देवीमाया काफ्लेले निर्वाचित दुवै समितिलाई बधाई तथा शुभकामना दिएकी थिइन् । विशिष्ट अतिथिहरु भुजेल समाज सेवा केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, केन्द्रिय उपाध्यक्ष केशर खवास, केन्द्रिय सहकोषाध्यक्ष तिर्थ भुजेल, केन्द्रिय सदस्य भुपाल खवास, वडा नं. १ का वडा अध्यक्ष भिम राई लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
भुजेल समाज सेवा सम्वनय समिति जिल्ला अध्यक्ष भवानी भुजेलको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको कार्यक्रम संचालन सचिव युवराज भुजेलले गरेका थिए ।
भुजेल समाज सेवा सम्वनय समिति मोरङले चेलीबेटी भेटघाट तथा भुजेल महिला समाज सेवा समिति र भुजेल युवा समाज सेवा समितिको जिल्ला अधिवेशन गरेको थियो ।