कन्तुर बहुउदेश्यमा नयाँ नेतृत्व चयन, अध्यक्षमा खड्का

भदौ २४, पथरी । पथरीशनिश्चरे –१ स्थित पथरीबजारमा रहेको कन्तुर बहुउदेश्य सहकारी संस्थाको २२ औं चुनावी साधरणसभा शनिबार सम्पन्न भएको छ । सम्पन्न साधरण सभाले चन्द्र बहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा कमला ढुङगेल खतिवडा, सचिव युवराज चम्लागाई र कोषाध्यक्ष पर्शुराम गुरुङ, सर्वसम्मत चयन भएका हुन । त्यस्तै सदस्यहरुमा लिला गौतम, बिमला काफले, इन्दिरा दाहाल पराजुली, सिता रायमाझी अधिकारी चयन भएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा चन्द्रकुमार धिमाल, सदस्यहरु बुद्धकुमार बिष्ट, भेषकुमारी भट्टराई, सितादेवी दुलाल चुनिएका छन् ।

नर्वदेश्वर मन्दिरमा भएको कार्यक्रम सम्पन्न भएको संस्थाका ब्यावस्थापक तुलसी बस्नेतले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे –१ का वडाध्यक्ष भिमकुमार राई र विशेष अतिथि राष्ट्रिय सहकारी बैंक उर्लाबारी शाखाका प्रमुख विनोद चुडाल रहेका थिए भने निवर्तमान अध्यक्ष ओमप्रकाश लिम्बुको सभपतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर