दोस्रो कानेपोखरी महोत्वस सुरु, भोली एलिना चौहान

असोज १२, रमाइलो । मोरङको कानेपोखरी –६ स्थित रमाइलोमा दोस्रो कानेपोखरी महोत्वस – २०८० विहिबारबाट सुरु भएको छ ।

महोत्सवको बेलुका ८ बजे कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले औपचारीकरुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा पानसमा बत्ती बालेर केक काटी उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडाध्यक्षहरु खड्ग बस्नेत र रमाइलो जनएकता साकोसका अध्यक्ष त्रिभुनाथ फुयलले सम्बोधन गरेका थिए । कार्यक्रममा मोहन प्रसाद अधिकारी, प्रशासकीय अधिकृत गोविन्द फुयल, कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, दुर्गा नेपाली, वडा सदस्यहरु, ग्रामिण सामुदायिक वनका अध्यक्ष देवेन्द्र थापा, पर्शुराम खतिवडा, युवराज दवाडी प्रहरी र सशस्त्र प्रहरी लगाएत अतिथि रहेका थिए । रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा संचालन एविन्द्र पाठक रहेको थियो ।

उद्घाटनका दिन स्थानीय कलाकारहरु नृत्य र गायनले उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । असोज १३ गते भोली गायिका एलिना चौहान र १४ गते र्यापर लाहुरे मनोरञ्जन दिन आउने भएको आयोजकले जनाएको छ ।

रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा दोस्रो कानेपोखरी महोत्सव सुरु भएको हो ।

महोत्सव असोज ११ गते देखी सुरु भएर २४ गते समापन हुने छ । महोत्सव प्रत्येक दिन साँझ ६ बजे सुरु भएर रातको ९ः३० बजे गरिने आयोजक समितिले जनाएको छ । प्रत्येक दिन राष्ट्रिय कलाकारहरु मेलिना राई, प्रमोद खरेल, रचना रिमाल, शिव परियार, प्रिती आले, एलिना चौहान, ज्योति मगर र हाँस्यकलाकारहरुले मनोरञ्जन दिने छन् । स्विकृत खेलहरु बाहेका अरु कानुनले प्रनिबन्धीत खेलहरु नरहने आयोजक समितिका संयोजक नविन पौ्यालले जनाए । राष्ट्रिय कलाकारहरु आएको दिन मात्र गेटपासको टिकट लाग्ने अन्य दिन टिकट लाग्ने छैन ।

महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, स्थानीय उत्पादन फुड फेस्टिभल मुख्य आर्कषर्णको रूपमा रहने छन् । महोत्सव रमाइलो चोकको पूर्वपटि रहेको खाली जग्गामा लाग्न लागेको हो ।

कानेपोखरी व्यापार संघ लगाएत संयुक्त भवन निर्माणको लागि महोत्सव आयोजना भईरहेको हो । बन्न लागेको भवनमा रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त कार्यालय रहने आयोजकले बताएका छन् । रमाइलो चोकदेखी उत्तरमा जम्मा १० कट्ठा जग्गामा भवन बन्न लागेको हो । त्यो जग्गा प्राप्तीको अन्तिम तयारी रहेको र भवन निर्माण स्थलमा माटो परीक्षण कानेपोखरी गाउँपालिकाले गरिदिएको कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयलले बताए ।

 

सम्बन्धित खवर