कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद गठन, शमशेर र राम राना बने मन्त्री

२८ असोज, विराटनगर । कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

मन्त्रिपरिषद् गठनसँगै मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् ।

राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । मगर एमाले र राई विद्रोही काँग्रेस हुन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

नेपाली कांग्रेसका २९ मध्ये ८ सांसदको विद्रोह र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएका हुन ।

सम्बन्धित खवर