कानेपोखरीमा बजार अनुगमन्, नुन, चिनी र मास्क अभाव

चैत ८ गते, कानेपोखरी । कोरोना भाइरस (कोभिड–१९) को कारण मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिका क्षेत्रका बजार अनुगमन गरेको छ ।

शुक्रबार कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वमा डाक्टर, प्रहरी, व्यापार संघका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि सहितको संयुक्त अनुगमन् टोलीले ग्यास पसल, मास्क र खाद्यय बस्तुको कालोबजारी सम्बन्धि अनुगमन गरेको हो ।

अनुगमनको टोलीले रमाइलो बजार, बयरवन बजार र दलेली बजारको अनुगमन गरेका थिए । अनुगमनको टोलीले १ दर्जन नीजि क्लीनिक र औषधि पसल, २४ वटा खाद्यय किराना पसल, १दर्जन मासु र माछा पसल, ५ वटा ग्यासको पसलमा अनुगमन् गरेका थिए । टोलीले रमाइलो बजारको चेतना मेडिकल सेन्टर, रमाइलो हस्पिटल, कंकालिनी क्लीनीक, अस्बिन फार्मेसी, अनामिका क्लीनिक, जियस फर्मा र रहमान क्लीनिक लगाएत अनुगमन् भएको थियो ।

अनुगमनमा उपाध्यक्ष इङ्नामले पहिलो पटकको अनुगमन् भएकोले व्यापारीहरुलाई सुझाप मात्र दिएको अर्को पटक आउदा म्याद नाघेको औषधि, क्लीनिक दर्ता लगाएत सवै हेरिने सुझाव दिएका थिए ।अनुगमनको टोलीले सबै नीजि क्लनीक र औषधि पसलमा मास्क भेटाएनन । औषधि अभाव नराख्न सुझाब दिएका थिए । खाद्यय किराना पसलमा नून र चिनीको अभाव देखिएको छ ।

अन्त लिनु जादा महगो भएको कारण दाम बढाएर बेच्न नपाईने भएकोले नल्याएको खाद्यय किराना पसलेहरुले बताएका थिए । ग्यासको पनि कानेपोखीमा अभाव देखिएको छ । ग्यास विक्रेताले क्रेताको नाम टिपाएर अनुसारको मात्र माग गर्ने गरेकाले अन्यले ग्यासको सिलिन्डर नपाउने अनुगमनले देखाएको छ । टोलीले बजार क्षेत्रको माछा र मासु पसलमा मापदण्ड अनुसारको नभएको भेटिएको थियो । अनुगमन टोलीले अर्को पटक आउँदा मापदण्ड अनुसारको बनाउन सुझाब दिएका थिए ।

कोरोना भाइरसको संक्रमणबाट बच्ने एउटा उपायका रुपमा नाक र मुख छोप्न मास्क प्रयोग गर्नुपर्ने भएका कारण बजारमा मास्कको अवस्थाका बारेमा बुझ्न समेत अनुगमन् गरिएको थियो । अनुगमन् गरिएका स्वास्थ्य संस्थामा र पसलमा कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी गराउँर्दै सेवाग्राहीले देख्ने ठाउँमा हात धुने बाल्टीनमा धारा जोडेर पानी र साबुन राख्न अनुरोध पनि गरेका थिए ।

गाउँ शिक्षा शाखा अधिकृत वेग बहादुर काफ्ले, कार्यपालिका सदस्य पदमा कुमारी गुरुङ, व्यापार संघ रमाइलोका सचिव राजेश कार्की, रमाइलो प्रहरी चौकीका प्रमुख सुमन श्रेष्ठ, नेपाली कांग्रेसका सभापती योगेन्द्र दाहाल, नेकपा अध्यक्ष भोला अधिकारी, सचिव मनोज राजवंशी, भोजवीर माझी, रेडक्रस सोसाइटीबाट नेत्र थापा, वडाध्यक्षहरु सुशिल बुढाथोकी, खड्ग बस्नेत र धनबहादुर राईलगाएतले बजार अनुगमन गरेका थिए ।

सम्बन्धित खवर