बैशाख ६ गते, कानेपोखरी । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कानेपोखरी गाउँकमिटिले नेपाली कांग्रेसले एकद्वार प्रणाली विपरीत चुनाबी प्रचार शैलिमा राहत वितरण गरेको भन्दै नेकपा कानेपोखरीले आपती जनाएको छ ।
शनिबार कांग्रेस विरुद्ध बिज्ञप्ती प्रकाशन गर्दै संकटको बेला मेडिकल संचालक तथा कांग्रेसका नेता सुनिल शर्माले राहतको नाममा प्रत्यक्ष राजनीति माहोल खडा गर्दै घिनलाग्दो राजनीति गरेको जनाएको छ ।
गाउँपालिकामा राहत एकद्वार प्रणालीमा वितरण गर्न सकिनेमा कांग्रेसले जिल्ला भरिका नेता बोलाएर राहतको नाममा संकटको बेला चुनाबी प्रचार शैलीमा राहत वितरण गरेर राजनीति गरेको भन्दै घोर निन्दा गरेको छ ।
पार्टीको कानेपोखरी गाउँकमिटी संयोजक भोलाप्रसाद अधिकारी र सचिव मनोजकुमार राजवंशीद्वार हस्ताक्षरित बिज्ञप्तिमा कांग्रेसले कोरोनाको महामारीको बेला लकडाउनको उल्लङ्घन भएकोमा भाइरस फैलिएमा कांग्रेसको नेताहरु जिम्मेवार हुनुपर्ने उल्लेख छ ।
लकडाउनको कारण समस्यामा परेका परिवारलाई नेकपा सम्बद्द युवा संघ नेपाल मोरङ र स्थानीय पालिका कमिटीहरुले राहत वितरण गर्दा कांग्रेस लगायतले विरोध जनाएपछी रोकेर एकद्वार प्रणालीमा जाने सहमति भएपनि कांग्रेसले राजनीतिक इमानदारीता गुमाउदै गएको उल्लेख छ ।
यस अघि राहतको विवाद चुलिए पछि गएको चैत ३० गते कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबदादुर काफ्लेको अध्यक्षतामा सर्वदलिय बैठक बसी सहकार्य र समन्वय गरी प्रभावकारी ढंगबाट राहत वितरण गर्ने सहमती भएको थियो ।
तर गाउँपालिका सहितको सर्वदलिय सहमतीलाई लात हान्दै सरकारले गरेको एकद्धार प्रणाली नियमको उल्घंन गरी नेपाली कांग्रेस कानेपोखरीले आफै राहत वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम, नेकपा अध्यक्ष भोला अधिकारी, सचिव मनोज रावंशी, नेकपा इन्चार्ज राजेन्द्र मण्डल र सहइन्र्चाज अम्बिका अर्याल र राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन पौडेल र नेपाली कांग्रेसको तर्फबाट गाउँसभापती योगेन्द्र दाहाल, सहसभापती मोहन कटुवाल, महासमिति सदस्य जयराज संयोक, क्षेत्रिय सदस्य हिमप्रसाद तिम्सिना, त्रिभूनाथ फुयल, ६ नं. सचिव सुमन अधिकारी सहित वडा नं. ६का वडाध्यक्ष खड्ग बस्नेत र वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई पनि बैठकमा सहभागी भई सवैले सहमतीमा हस्ताक्षर गरेका थिए ।