राजकुमारी तामाङ
असार १५ गते, पथरी । १८ औं राष्ट्रिय धान दिवश तथा रोपाईं महोत्सवको अवसरमा कानेपोखरी गाउपालिकाले पनि धान रोपेर धान दिवश मनाएको छ ।
मंगलबार वडा नं. ३ स्थित हरकपुरमा गाउँपालिकाको कृषि शाखालेको आयोजनामा औपचारीक कार्यक्रमको आयोजना गरी धान रोपेको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले कृषि क्षेत्र धरापमा रहेको बताएका छन् ।
पहिला नेपालबाट धान, मकै, गहु र जुट लगायतका चिज बाहिरीन्थे, अहिले बाहिरबाट आयात गर्नु परिरहेको बताए । अध्यक्ष काफ्लेले गाउँपालिकाले बर्सेनि २ करोड भन्दा बढी कृषिमा लगानी गरे पनि ठुलो उपलब्धि हासिल गर्न नसकेको बताए ।
औपचारीक कार्यक्रम पछि दही, चिउरा र आपको खाजा खाएर धान रोपेका थिए । वडा नं. ३ को वडाध्यक्ष कीर्तिमान मादेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्रा श्रेष्ठ, कृषि बिकास शाखाका प्रमुख सागर पौडेल लगायतको उपस्थिति रहेको थियो ।