असोज ४ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरी संविधान दिवसक मनाएको छ ।
आइतबार एक औपचारी कार्यक्रम गर्दै गाउँपालिकाले पुरुष र महिला म्याराथन, फुटबल, ब्याडमिन्टन, छेलो हान्ने र डोरी तान खेलहरु खेलाईएको थियो । खेलमा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकिय अघिकृत गायत्र श्रेष्ठ र गाउँपालिका खेलकुद परिषद संयोजक चरण गुरुङले पुरस्कार वितरण गरेका थिए ।
पुरुष म्याराथनमा प्रथम सन्तोष तामाङ, द्धितीय अमन धिमाल र तृतीयमा शिव कुमार तामाङ भएका थिए । त्यसैगरी महिला म्याराथनमा प्रथम सविता तामाङ, द्धितीय इन्दिरा थापा र तृतीय रक्षा धिमाल भएका थिए । उनिहरुले क्रमश ६ हजार ७ सय, ४ हजार र २ हजार ७ सय पुरस्कार पाएका थिए ।
त्यसैगरी ब्याडमिन्टन खेलमा प्रथम गोविन्द फुयल र गणेश सुवेदी, दोस्रो डोरमणी श्रेष्ठ र मनोज अधिकारी भएका थिए । उनिहरुले क्रमश ५ हजार र ३ हजार पुरस्कार पाएका थिए ।
त्यसैगरी फुटबलमा गाउँपालिका कर्मचारी र रमाइलो व्यापार संघ विच भएको खेलमा रमाइलो व्यापार संघले जीत हासिल गर्दै प्रथम भएका थिए । उनिहरुले रु १० हजार पुरस्कार पाएका थिए । दोस्रो हुने गाउँपालिका कर्मचारीहरुले दोस्रो पुरस्कार ४ हजार पाएका थिए ।
छेलो हान्नेमा प्रथम अनिल चौधरी, दोस्रो रोशन माझी र तेस्रो सुशिल कार्की भएका थिए । उनिहरुले क्रमश ४हजार, ३ हजार र २ हजारले पुरस्कृत भएका थिए । डोरी तानमा बालकुमारी बस्नेत, कल्पना भण्डारी, सुबिन्द्रा घिसिङ, गायत्रा चुडाल र पवित्रा लिम्बुले जीतेका थिए । उनिहरु ५ हजार पुरस्कारले पुरस्कृत भएका थिए ।
गाउँपालिकाले कार्यालय परिसरमा दिपावली गरेको थियो । उद्घाटन कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य भोला अधिकारी, नेपाली कांग्रेस गाउँपालिका सचिव विवेक लिम्बु, वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी र वडा नं. ४ को वडाध्यक्ष धनबहादुर राई पनि अतिथि रहेका थिए । गाउँपालिकाले म्याराथनमा सहभागीलाई प्रत्येकलाई टिसट् दिएका थिए ।