पुस २४ गते, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(एमाले)मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल सहित पपदाधिकारी निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा सर्वसम्मत चयन भएका छन् ।
उपसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी दर्ता भएपछि सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । मनोनयन दर्ता गर्नका लागि तोकिएको समयमा पदाधिकारीमा एक पदमा एक जनाको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएको निर्वाचन समितिका संयोजक चूडामणि आचार्यले जनाए ।
अन्य पदहरूमा ४ सय २५ जनाले मनोनयन दर्ता गराएका छन । जिल्ला समितिमा १ सय ६५ जना सदस्यीय कार्यसमिति चयन हुनेछ भने १० प्रतिशत सदस्य पछि मनोनीत हुनेछन् ।