धिमाल जाती महिलालाई ७ दिने नेतृत्व विकास तालिम

विजय धिमाल,

माघ ५ गते, झापा । झापाको दमक –४ स्थित धिमाल ग्रामथानको सभा हलमा धिमाल जाती महिलाहरुलाई ७ दिने नेतृतव विकास तालिम सुरु भएको छ ।

धिमाल महिला संघ केन्द्रिय समितिको आयोजना र युएनडिपि नेपालको आर्थिक सहयोगमा बुधबारदेखी ७ दिने नेतृत्व विकास तालिम सुरु भएको हो । तालिम धिमाल जातिय विकास केन्द्रका केन्द्रिय अध्यक्ष लोकबहादुर धिमालले उद्घाटन गरेका थिए । कार्यक्रममा तालिममा सहभागी धिमाल समुदाय भित्रका महिला सक्षमसंगै नेतृत्व विकास हुने खुसी व्यक्त गर्दै आफुले लिएको ज्ञान र शिप अरुमाझँ बाँड्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि धिमाल जातिय विकास केन्द्रका केन्द्रिय अध्यक्ष लोकबहादुर धिमालले बताए ।

धिमाल जातीका महिलाहरु हरेक तह तप्कामा कमै रहेके बताउदै अबको तालिमले हरेक कुरामा लिडरशिप गर्न सक्ने, उद्योग, संघसंस्था दर्तागरी स्वरोजगार र आफुले उत्पादन गरेका हरेक चिजलाई व्यवस्थापनसंगै बजारीकरणमा अग्रसर रहने उद्देश्य रहेको कार्यक्रमका संयोजक तथा धिमाल महिला संघा केन्द्रिय अध्यक्ष मन्जु धिमालले बताईन् । तालिमको सहजिकरण ज्ञान तामाङले गर्दैछिन् ।

कार्यक्रममा अतिथि दमक वडा नम्बर ४ का अध्यक्ष कुमार सामसुहाङ र धिमाल जातिय विकास केन्द्रका केन्द्रिय उपाध्यक्ष शान्ती धिमाल, धिमाल जातिय विकास केन्द्रका केन्द्रिय सदस्य रोमान्सी धिमाल, लालबहादुर धिमाल र ठुलो अर्नाखाडी गाउँटोल अध्यक्ष पुजन धिमाल रहेका थिए ।

सम्बन्धित खवर