रमाइलोका ११ र जनएकताका १ सय ८ जना सेयर सदस्यलाई सम्मान तथा पुरस्कृत

माघ १० गते, कानेपोखरी । रमाइलो बचत तथा ऋण सहकारी संस्था र जनएकता बचत तथा ऋण सहकारी संस्था विच संयुक्त साधारण सभाबाट एकीकरण हुर्दै संस्थालाई योगदान गर्ने विभिन्न ११९ जना सेयर सदस्यलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

मोरङ कानेपोखरी गाउँपालिका–६ स्थित रमाइलोमा स्थापित सहकारी संस्था शनिबार एकीकरण भएको थियो । सभामा रमाइलो साकोसको तर्फबाट नियमित मासिक बचत तथा ऋणमा उत्कृष्ट कारोबार गर्ने पदमादेवी दहाल, शिशिला गुरुङ र पर्शुराम काफ्ले र प्रेममणी दहाललाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी दैनिक बचतकर्ता दुखनीकुमारी राजवंशी र बमबहादुर कार्की, बाल बचत उत्कृष्ट तर्फ सुम्निमा राई र प्रान्जल कार्कीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी पूर्व संचालकमा हिरादेवी खत्री दहाल, जेष्ठ सदस्य नरेन्द्र बहादुर बस्नेत र रेनुका नेपाललाई सम्मान गरिएको थियो ।त्यसैगरी जनएकता साकोसको तर्फबाट संस्थालाई विभिन्न माध्यामबाट योगदान पुर्याउनु हुने आफ्ना सेयर सदस्यहरुलाई सम्मान गरेका छन् । नियमित बचत तर्फ सोमफुरी शेर्पा, उत्कृष्ट सेयरमा इन्दिरा कटुवाल, ऐच्छिक बचत तर्फ उत्कृष्ट शकुन्तला कुमारी राजंशी, बाल बचत उत्कृष्ट प्रवुद्ध सुवेदीलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी ऋण लगानी र असुली उत्कृष्ट तुलशी भट्टराई र उर्मिला मगर, दैनिकी बचतमा गंगा शाह, उत्कृष्ट छात्रा शौरभ दंगाल र मौसम पोख्रेल, कर्मचारी पुरस्कार द्रौपदा दहाल गौतमलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी पूर्व संचालक रमेश फुयल र बलराम बराललाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थामा सदस्य रहनु भएका ७० बर्ष भन्दा माथीका ९७ जना जेष्ठ सदस्यहरुलाई मासिक १ सयको दरले प्रति व्यक्ति बार्षिक १२ सय रुपैया जेष्ठ सदस्य सम्मान स्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र विशिष्ट अतिथि उपाध्यक्ष राजमती इङ्नाम, जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका वरिष्ठ उपाध्यक्ष प्रेम प्रसाद कोइरालाले र दुवै संस्थाका पूर्व अध्यक्ष टंकबहादुर अधिकारी र भोला अधिकारी, पूर्व सचिव अम्बिका प्रसाद अर्याल, त्रिभुनाथ फुयल, व्यस्थापक कृष्ण दवाडी र पवित्रा खतिवडा लगाएतले सम्पूर्णलाई सम्मान पत्र र माया चिनो प्रदान गर्दै पुरस्कृत तथा सम्मान गरेका थिए ।

सम्बन्धित खवर