सोमवार, मंसिर १, २०८२

माओवादी परित्याग गरी केन्द्रिय सदस्य कार्की एमालेमा प्रवेश

फागुन ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे –१ का पूर्णबहादुर कार्की माओवादी केन्द्र पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

विहिबार पथरीमा एक कार्यक्रम विच कार्की एमालेमा प्रवेश गरेको हो । नव प्रवेशी कार्कीलाई कार्यक्रमका प्रमुख अथिति संघीय सांसद, पार्टी स्थाई कमिटीका सदस्य भानुभक्त ढकालले अविर लगाएर स्वागत गरेका थिए ।

कार्की माओवादी निकट अखिल नेपाल यातायात मजदुर संघ केन्द्रिय सदस्य र ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य रहेका थिए । उनीसँगै माओवादीबाट ९ जना र नेपाली कांग्रेसबाट ३ जना  लगाएत कार्कीको नेतृत्वमा ३९ जना प्रवेश गरेका छन् ।

पार्टी नगर कमिटीका उपाध्यक्ष उमानाथ अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति संघीय सांसद, पार्टी स्थाई कमिटीका सदस्य भानुभक्त ढकाल, केन्द्रिय कमिटी सदस्य तथा मोरङ जिल्ला इन्चार्ज बिनोद ढकाल, केन्द्रिय कमिटीका सदस्य युवराज बाँस्कोटा, प्रदेश सदस्य रामकुमार बस्नेत, पार्टी जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोख्रेल लगायत जिल्ला कमिटीका नेता उपस्थित भएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.