चैत २५ गते, पथरी । मोरङका अपाङ्गता सचेतना कार्यक्रमका महिला फोकल पर्सनहरुका लागि पथरशनिश्चरेमा मतदाता शिक्षा तालिम सम्पन्न भएको छ ।
नेपाल अपाङ्ग महिला संघ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि प्रभावकारी नीति निर्माण सहित मतदाता शिक्षाका बारेमा जानकारी गराइएको थियो । संघकी जिल्ला अध्यक्ष मीना आचार्यले तालिमका सहजिकरण गरेका थिए ।
तालिममा पथरी शनिश्चरे नगरपालिकाका सूचना सम्पादक भूपेन्द्रराज तिम्सिनाले शुभकामना मन्तव्य व्यक्त गर्दै अपाङ्गताको अधिकारका बारेमा बोलेका थिए । तालिममा १० पालिकाका फोकल पर्सनको सहभागिता रहेको थियो ।