असार ४ गते, पथरी । नेपालका आदिबासी जनजातिहरु अमेरिकी सेना नेपाल ल्याउने प्रस्ताब सहितको स्टेट पाट्नारसिप प्रोग्राम (एसपीपी)को विरुद्धमा रहेको बक्ताहरुले बताएका छन् ।
शनिबार नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद पथरीशनिश्चरे नगर समिति (मोरङ)को दोस्रो अधिबेशन उद्घाटन कार्यक्रममा बक्ताहरुले सो कुरा बताएको हो । नेपालका आदिबासी जनजातिहरु एमसीसी र एसपीपी जस्ता राष्ट्रघाति कदम विरुद्ध रहेको बक्ताहरुले बताएका छन् ।
कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ मोरङका अध्यक्ष दिलबहादुर थेबे, किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, महासंघको नगर पूर्ब अध्यक्ष हेमभक्त तमु, किरात याक्थुङ चुम्लुङ नगर समितिको अध्यक्ष बिक्रम लिम्बू लगायतले बोलेका थिए । कार्यक्रममा अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको अध्यक्ष दिनेश सुब्बा पनि रहेका थिए ।
अमेरिकी सेना नेपाल ल्याएर चीन, भारत जस्ता देश विरुद्ध प्रयोगको वातावरण भने नेपाल र नेपालीलाई गम्भीर समस्या आइपर्ने भन्दै विदेशी सेना नेपाल ल्याउने जस्ता राष्ट्रघाति कार्यक्रमहरु तुरुन्त खारेजी गर्न माग गरेका थिए । सम्मेलन आयोजक समितिको अध्यक्ष चन्द्र तामाङको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र गुरुङले स्वागत मन्तब्य राखेका थिए । पथरी शनिश्चरे १ स्थित मगर गुम्बामा भएको कार्यक्रममा १३ वटा जातीय संगठनका करिव ८० जना सहभागिता रहेका थिए ।