असोज २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी तेस्रो पथरीशनिश्चरे नगर स्तरीय प्रिमियर क्रिकेट लिग प्रतियोगिताको सोमबार भएको खेलमा बुद्ध युनाइटेड र हिसाब किताब विजयी भएका छन् ।
बर्षाले प्रभाबित भए पछि १० ओभरमा घटाइएको पहिलो खेलमा बुद्ध युनाइटेडले बिरेन्द्रनगर स्टिल टाइगर माथी ४ बिकेटको जित हासिल गरेको छ ।
निर्धारीत १० ओभरमा बिरेन्द्रनगरले सबै बिकेट गुमाएर ४५ रन बनायो । बिरेन्द्रनगरका लागि बिराज ढकालले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेन । बुद्ध युनाइटेडका राजकुमार मगरले २, सुदिप चौधारी र राजु राईले २–२ बिकेट लिन सफल भए ।
४६ रनको लक्ष्य ९ ओभर ५ बलमा ६ बिकेट गुमाएर बुद्धले भेटायो । बुद्धका राकेश राईले २१ रन बनाएर खेल आफ्नो पक्षमा पारे । बिरेन्द्रनगरका अमर नेपाली र युवराज बस्नेतले २–२ बिकेट लिए । प्रनेश राई र रेवत थक्सुले १–१ बिकेट लिए । खेलको म्यान अफ दि म्याच बुद्धका राकेश राई घोषित भए ।
दोश्रो खेल पनि बर्षाका कारण १७ ओभरमा घटाइएको थियो । खेलमा हिसाब किताब ट्राइडेन्सले आइतबारे अस्त्र माथी १७ रनको जित हासिल ग¥यो । टस हारेर ब्याटिङ गरेको हिसाब किताबले १७ ओभरमा ८ बिकेट गुमाएर १०६ रन बनायो ।
हिसाब किताबका लागि संजय पेक्रा र सबिन धमलाको समान २४ रन बनाए सुरज खडकाले २१ रन बनाए भने पुरुसोत्तम न्यौपानेले १६ रन जोडे । आइतबारेका संजय मुर्मुले ३ तथा आदर्श कार्कि र मौशम लिम्बुले १–१ बिकेट लिए । जवाफि ब्याटिङ थालेको आइतबारेले १७ ओभर खेल्दै ८९ रन बनायो ।
आइतबारेका लागि दिवस राईले २४ रन, सुशिल काफ्लेले २१ र द्रोणजंग काफ्लेले २१ रन बनाए पनि जितका प्रयाप्त भएन । हिसाबकिताबका पुरषोतम न्यौपाने र दिवश राजबंशीले २ बिकेट लिए भने नेल्सन दंगाल, सुरज खडका र कैलाश श्रेष्ठका नाममा १ बिकेट रह्यो । खेलको म्यान अफ दि म्याच हिसाब किताबका पुरुषोतम न्यौपाने घोषित भए ।
मंगलबारको खेल रोयल किङ र मंगलबारे लिजेन्ड र दोश्रो खेल क्लासिक इलाभेन हसन्दह र सातबाघ बिच हुने छ ।