विद्यानन्द चौधरी
कार्तिक १६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ स्थित चिसाङ खोला देखि डाँसखोला सम्म वृह्रद सरसफाई कार्यक्रम गरिएको छ ।
कानेपोखरी गाउँपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय पथरीको सहकार्यमा पूर्वपश्चि राजमार्गको उत्तरदक्षिण फ्याकिएको फोहोर उठाउँर्दै सरसफाई गरिएको हो ।
कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकरीको नेतृत्वमा नगरप्रहरी, कर्मचारी, जनप्रतिनिधि र इप्रका पथरीका डिएसपी बेदप्रसाद गौतमको नेतृत्वमा जनपथप्रहरी, ट्राफिक प्रहरी र म्यादी प्रहरी सहितको टोलीले फोहोर उठाउँर्दै सरसफाई गरेका थिए ।हिजो मंगलबार चिसाङ खोला देखी पूर्व कानेपोखरी चोक हुर्दै पूर्व फोहोर उठाएका थिए भने बाँकी रहेको र आइतबारे देखी कानेपोखरी चोक सम्म सरसफाई आज बुधबार पनि रहेको अध्यक्ष राजमती इङ्नाले बताइन । फोहोर मुक्त पालिका, समृद्ध पालिका बनाउने गाउँपालिकाको नीति तथा कार्यक्रममै रहेकोले यहाँबाट सुरु गरिएको उनीले बताइन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिहरुले कानेपोखरी गाउँपालिका क्षेत्रमा गाउँघरमा गई दैनिक फोहोर उठाएर व्यवस्थापन गर्दै आएको छ । यती हुँदा हुर्दै पनि कानेपोखरी चोकमा भने होटलवालाहरुले होटलको फोहोरहरु सडकमै फाल्ने गर्दै आएका थिए । त्यसरी मुख्य सडकमै फोहोर फाल्दा त्यहाँ दुर्गन्दित हुर्दै आएको थियो ।
त्यहाँ कानेपोखरी चोकको उत्तर र दक्षिण सडकमा अव फोहोर नहुने गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले बताए । चोकचोकमा डस्विन राखेर हप्तामा दुई र तिन पटक ट्याक्टरबाट फोहोर उठाएर यसको समाधान गरिने उनले बताए ।
कानेपोखरी चोक निवासी होटल व्यवसायी दिपक अधिकारीले उत्तरपटीको होटल तथा घरहरुको फोहोर यहाँ नफ्याक्ने बताउँदै उत्तरपटी नै फोहोर व्यवस्थापन गर्दैआएको उनले बताए । चोक देखी पश्चिम पटि जंगलमा फोहोर फ्याक्ने स्थान भएपनि दक्षिण पटीका होटल तथा घरवलाहरुले राती यहाँ ल्याएर फ्याक्ने स्थानीय दाउत राईले बताए ।
बसमा ड्स्वीन राखेर बसको फोहोर बसमै व्यवस्थापन गर्ने व्यस्था मिलाउने र सार्वजनिक स्थानमा फाहोर फ्याक्नेलाई कारबाही गर्ने तयारी गरेको इप्रका पथरीका डिएसपी बेदप्रसाद गौतमले बताए ।