एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने दुईजनालाई ल्यापटप प्रदान

पुस २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने दुईजनालाई ल्यापटप प्रदान गरेको छ ।

गाउँपालिकाको छात्रवृत्ति कार्यक्रम अन्तरगत सामुदायिक विद्यालयका एकजना छात्र र एकजना छात्रालाई ल्यापटप प्रदान गरिएको हो । छात्र तर्फ वडा नं. ६ मा रहेको जनसेवा माविमा एसईईमा ३.५२ जिपिए ल्याउने रिजन फुयल र छात्रा तर्फ वडा नंं. ३ हरकपुरमा रहेको शिक्षा सदन माविमा एसईईमा ३.२५ जिपिए ल्याउने तुलसा भूजेललाई एक÷एक थान ब्राण्डेड ल्यापटप प्रदान गरिएको छ ।

उनीहरुलाई सोमबार गाउँपालिकामा एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारी र जनसेवा माविका प्रअ दामोदर सिग्देलले ल्यापटप हस्तान्तरण गरेका थिए । गाउँपालिकाले कार्यविधि बनाएर यस आर्थिक बर्ष देखी बिद्यार्थी र शिक्षकलाई सम्मान र पुरस्कार प्रदान गर्ने कार्यक्रम सुरु गरेको छ ।

सम्बन्धित खवर